आतंकवादी आक्रमण रोक्न सिमामा पर्खाल लगाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७२, शुक्रबार ११:००

simaएजेन्सी । अफ्रिकी मुलुक ट्युनिसियाले देशमा आतंकवादी आक्रमण रोक्न सिमाक्षेत्रमा पर्खाल लगाउने भएको छ । प्रधानमन्त्री हबिब इसीडले सरकारी टेभिजनमार्फत लिबियासंगको सिमा क्षेत्रमा करिब १ सय ६० किलोमिटर लामो पर्खाल निर्माण गरिने बताउनुभयो । इस्लामी कट्टरपन्थी समुह जिहादीको आक्रमण रोक्न यस्तो कदम चालिएको बताइएको छ । गत जुन महिनाको अन्त्यमा समुन्द्री किनारमा गोली प्रहारबाट ३८ जना पर्यटकको मृत्यु भएपछि ट्युनिसियामा एक महिने संकटकालको घोषणा गरिएको छ । सो घटनामा संलग्न व्यक्तिले लिबियामा बसेर तालिम लिएको ठहर गर्दै त्यहाँको सरकारले यस्तो योजना ल्याएको हो । यसअघि आतंकवादलाई बढावा दिएको भन्दै करिव ८० वटा मस्जिद बन्द गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१