भूकम्पपछि नेपालबारे रिपोर्टिङ गरेका डा.गुप्ताको रिपोर्टमाथि सीएनएनले छानविन गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७२, बिहीबार १५:४०

काठमाडौं, २४ असार । अमेरिकी टेलिभिजन च्यानल सीएनएनले वैशाख १२ को भूकम्पपछि आफ्ना मूख्य चिकित्सकीय प्रतिनिधि डा.संजय गुप्ताले तयार पारेको रिपोर्टमाथि छानविन गर्ने भएको छ । आपतकालिन अवस्थामा आफू भूकम्प पीडित बालिकाको उपचारमा संलग्न भएको भन्दै डा. गुप्ताले वीर अस्पतालको अप्रेशन कक्षबाट तयार पारेको रिपोर्टमाथि सीएनएनले छानविन गर्ने भएको हो । ग्लोबल प्रेस इन्स्टिच्युटको अनुसन्धानले सिएनएनमा महत्वका साथ प्रसारित डा. गुप्ताको रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। आफ्ना सेलिब्रेटी रिपोर्टरमाथि गलत रिपोर्ट दिएर दर्शकलाई झुक्याएको आरोप लागेपछि सिएनएनले छानबिन थालेको छ।

jupta4सिएनएनका प्रमुख स्वास्थ्य सम्वाददाता समेत रहेका डा.गुप्ता न्यरोसर्जन पनि हुन्। उनले नेपालको भूकम्पमा टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी ८ वर्षीया बालिकाको मस्तिस्कको शल्यक्रिया गरेको सिएनएनको दाबी थियो। त्यसपछि अन्तर्राष्ट्रिय मिडियामा यस विषयले ब्यापक कभरेज पाएको थियो। पत्रकारले शल्यक्रिया गरेको समाचारपछि मिडियाहरुमा पत्रकारको नैतिकताबारे पनि प्रश्न उठाइएको थियो। ग्लोबल प्रेस इन्स्टिच्युटले उपचारमा संलग्न चिकित्सक, घाइतेहरु तथा घाइतेका परिवारसँग गरेको कुराकानीपछि डा.गुप्ताले अर्कै १४ वर्षीय बालिकाको शल्यक्रियामा सघाएको र उनले दाबी गरेकी ८ वर्षीय बालिकालाई कुनै गम्भीर चोट नभएको सावजनिक गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१