इटालीका पूर्वप्रधानमन्त्रीलाई तीन वर्षको जेल सजाय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७२, बिहीबार ११:०७

primएजेन्सी । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई विपक्षीको सरकार ढाल्न सिनेटरलाई घुस दिएकोमा दोषी पाइएपछि तीन वर्षको जेल सजाय तोकिएको छ । सन् २००६ मा मध्य बामपन्थी सरकार ढाल्न घुस दिएको प्रमाणित भएपछि उनलाई तीन वर्ष जेल सजाय दिइएको हो । बर्लुस्कोनीलाई अरु पाँच वर्ष कुनै पनि सार्वजनिक पदमा रहन अयोग्य हुने फैसला पनि नेपल्सस्थित एक अदालतले गरेको छ । चारपटक मुलुकको प्रधानमन्त्री पद सम्हालिसकेका बर्लुस्कोनीले सिनेटर सर्जियो दे ग्रेगोरियोलाई आफ्नो पक्षमा पार्न ३० लाख युरो दिइएको आरोप छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१