ग्रीसलाई नयाँ प्रस्ताव पेश गर्न अन्तिम मौका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७२, बुधबार १०:२४

grisएजेन्सी । युरोजोनले आर्थिक संकट समाधानका लागि ग्रीसलाई नयाँ प्रस्ताव पेश गर्नका लागि भोलिसम्मको समयसिमा तोकेको छ । अन्र्तराष्ट्रिय मुद्रा कोषको ऋण तिर्न नसकेपछि आर्थिक संकटवाट गुज्रिंरहेको ग्रीसलाई दाता समक्ष नयाँ प्रस्ताव पेश गर्नका लागि युरोजोनले भोलिसम्मको समय प्रदान गरेको हो । युरोपियन परिषदका अध्यक्ष डोनाल्ड टस्कले युरोजोनको इतिहासमा अहिलेसम्मकै यो महत्वपुर्ण क्षण रहेको बताउनु भएको छ ।
हिजोको बैठकमा ग्रीसले नयाँ प्रस्ताव पेश गर्ने युरोजोनले अपेक्षा गरेको थियो । तर ग्रीसले कुनै पनि नयाँ धारणा पेश नगरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आगामी आइतबार बस्ने युरोपियन संघ आबद्व २८ मुलुकका वित्तमन्त्रीको बेठकलेरग्रीसले अघि सारेको नयाँ प्रस्तावमाथि छलफल गर्नेछ । फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होलाण्डले यो समस्या ग्रीसको मात्र नभएर युरोपेली संघको भविष्य रहेको बताउनु भएको छ । यसैबीच ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रसले भने आफुले सामाजिक र आर्थिक दुबै रुपले व्यबहारिक हुने सम्झौता गर्न खोजेको बताउनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१