बम रहेको रिपोर्ट आएपछि टर्किस विमानको आपतकालीन अवतरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७२, मंगलवार १६:०३

tarएजेन्सी । विमानभित्र बम रहेको रिपोर्ट आएपछि टर्किस विमानको दिल्ली एयरपोर्टमा आकस्मिक अवतरण गराइएको छ। बैंकक जाँदै गरेको विमान रोकिएलगत्तै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलभित्र नेसनल सेक्युरिटी गार्डका कमाण्डोहरु सुरक्षाका लागि परिचालन गरिएको थियो। विमानमा १ सय ४८ यात्रु थिए। विमानलाई मंगलबार अपरान्ह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ ।

विमानभित्र बम रहेको भन्दै पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई सूचना दिएपछि आपतकालीन अवतरणका लागि अनुमति दिइएको विमानस्थल स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । विमानस्थलमा अरु विमानभन्दा टाढा पुर्‍याएर बमको खोजी भएको थियो। तर टेलिभिजनहरुले भने प्रारम्भिक अनुसन्धानमा कुनै पनि विस्फोटक पदार्थ फेला नपरेको जनाएका छन्। त्यसपछि यात्रुको पूरै ब्यागेज खोजतलास सुरु गरिएको छ। अन्तिममा यो विमानलाई सुरक्षित भन्दै उडान अनुमति दिइएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१