ग्रिसमा जनमत संग्रहद्धारा आर्थिक राहत प्याकेज अस्वीकार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७२, सोमबार ११:१३

grissएजेन्सी । ग्रिसमा भएको जनमत संग्रहले दाता राष्ट्रको प्रस्तावित आर्थिक राहत प्याकेज अस्वीकार गर्ने निर्णय गरेको छ । देशको आर्थिक संकट समाधानका लागि दाता राष्ट्रको सर्त मान्दै ऋण लिने वा नलिने भन्ने विषयमा गएराती भएको जनमत संग्रहमा ६१ प्रतिशतले ऋण लिन नहुने पक्षमा मतदान गरेका हुन् । त्यहाँको सत्तारुढ पार्टीले दाताको प्रस्ताव अपमानकारी भएको भन्दै ऋण अस्वीकार गर्ने पक्षमा मतदान गर्न आग्रह गरेको थियो । जनमत संग्रहको परिणामसंगै ग्रिस एकल युरोपेली मुद्रा प्रयोग गर्ने मुलुकको सूचिबाट हट्न सक्ने चेतावनी विपक्षीहरुले दिएका छन् । अन्तराष्ट्रिय मुद्रा कोषबाट लिएको ऋण तोकिएको समयमा तिर्न नसकेपछि संकटमा परेको ग्रिसमा दाताको ऋणबारे जनमत संग्रह भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१