पण्डितले एसियाकै सर्वोच्च ज्वालामुखी हिमाल माउण्ट दमावंद आरोहण गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७२, सोमबार १०:१४

sanjya1काठमाडौँ , २१ असार। लामो दूरीका अल्ट्रा धावक तथा विश्व हिमाल पर्वतारोही संजय पण्डितले इरानमा रहेको एसियाकै सर्वोच्च  ज्वालामुखी हिमाल माउण्ट दमावंद आरोहण गर्ने भएका छन् ।

सातै महादेशका सातै सर्वोच्च  शिखरहरुको आरोहणको सिलसिलामा रहेका पण्डितले यो हिमालको आरोंहण रोमाञ्चक र जोखिमयुक्त हुने बताएका छन् । हालै अमेरिकाबाट नेपाल आएका उनले ज्वालामुखी पहाडा आरोहण गर्ने घोषणा गरेका हुन् । आरोहणका लागि साउनको पहिलो हप्ता त्यसतर्फ प्रस्थान गर्ने उनले जानकारी दिए । नेपाली खेलकुदमा पहिलो अनि सम्भवतः नेपालबाट उक्त हिमाल आरोहण गर्ने पहिलो नेपाली हुने अवसर मिल्ने पण्डितले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१