यसै बर्ष बिहे गर्छु होला : बादल प्रसाई (गायक)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७२, सोमबार ११:५३

गायक बादल प्रसाई यूवा पुस्ताका निकैं नै लोकप्रिय गायक हुन् । झिल्केले धन्कायो बादल, फूलको हत्या लगायतका उनका चर्चित गीतहरुले उनी अहिले लाखौ दर्शक, स्रोताको मनमा राज गरिरहेका छन् । आर्कषक जिउडाल, हँसिलो मुहार, सबैसँग नम्र व्यबहारले बोल्ने गायक बादल प्रसाई पछिल्लो समय केहि नयाँ गीतको रेकडिङ कार्यमा व्यस्त छन् । चलचित्र कामचोरबाट नेपाली चलचित्रको गीतमा पनि आवाज मिसाएका गायक बादल यसै क्षेत्रमा लागेर केहि गर्ने सोच बनाएका छन् । उनै चर्चित गायक बादल प्रसाईसँग राष्ट्रिय खबर डटकमका सह— सम्पादक मनिष दाहालले गर्नुभएको कुराकानी :

 badal5 १.हाल के मा व्यस्त हुनुहुन्छ ?
अहिले जुन भूकम्प गयो त्यसपछि भूकम्पपीडितको सहयोगार्थ विभिन्न च्यारेटि शो भइरहेका छन् तिनै कार्यक्रममा व्यस्त छु ।

२.गीतको तयारीमा चाहि हुनुहुन्छ की हुनुहुन्न ?
छु, अहिले मेरो नयाँ गीत मार हान्ने नामक बोलको गीत तयार भइसकेकोे छ । यसको अडियो तयार भइसकेको छ र भिडियो चाडैं गर्ने तयारीमा छु ।

३.तपाई बढि मात्रामा पप र रक स्टाइलका गीतहरु गाउँनुहुन्छ हैंन ?
म सबैं गीतहरु गाइरहेको हुन्छ ।

४.तपाईले चलचित्र कामचोरको एक गीतमा आवाज पनि दिनुभएको छ ? तपाईलाई पप, रक, आधुनिक भन्दा चलचित्रको गीत गाउँन के फरक पाउनुहुनुहुन्छ ?
फरक त खासैं हुदैन । तर चलचित्रका गीतलाई केहि बढि मेहेनत गर्नुपर्छ त्यति हो ।

५.तपाईले विभिन्नथरीका गीत गाउँनुहुन्छ र स्टेजसम्म तताउनु हुन्छ । चलचित्रका गीतबाट स्टेज तताउन कत्तिको पाइन्छ ?
गीत हेरेर हुन्छ । गीत कस्तो हो सेन्टिमेन्टल होकी, डासिङ गीत अथवा अन्य बिटको गीत हो त्यो गीत हेरेर स्टेज तताउन सकिन्छ ।

६.बादल प्रसाईका बियोगान्त गीतहरु छैंनन् हैन ?
छ, अहिले बजारमा आएको फूलको हत्या बोलको गीत वियोगान्त नै हो ।

७. म तपाईको रियल लाइफ तर्फ फर्कन चाहान्छु । हर्षिका श्रेष्ठको बिहे भयो बिहे कार्यक्रममा सहभागी हुनुभयो ?
हर्षिकाले मलाई बिहेमा बोलाएको थियो तर म केहि कारण बस सहभागी हुन सकिन तर मैंले बैबाहिक जीवनको शुभकामना फोनबाटै भएपनि दिएको थिए ।

८.मैंले यो विषयमा अरु जोड्न चाहिन् । कहाँबाट आउनु भयो काठमाडौं चाहि ?
मेरो जन्म सुनसरीमा भएको हो । र पढाइ मेरो झापामा भयो । पूर्वबाट नै हो म काठमाडौं आएको ।

९.यो क्षेत्रमा लाग्दा काठमाडौंमा रहँदाका कुनै दुखका दिन याद छन् तपाईलाई ?
संधर्ष चै राम्रै गर्नु परेको थियो । किनकी नयाँ नयाँ थिए । यो क्षेत्रमा लाग्न अब कसलाई भेट्ने, कहाँ जाने भन्ने थियो विस्तारै चिनिदैं गइयो ।

१०. यो क्षेत्रमा लाग्दा अति नै दुख पाएको कुनै दिन याद छन् ?
मैले त्यो अति नै दुख चाहि गर्नु परेन् । मेरो काठमाडौंमा केहि चिनजान थियो तर स्ट्रगल चाहि गर्नु पर्यो । कहिले खल्तीमा पैसा हुदैन थियो कहिले के हुदैन थियो तर त्यस्तो दुख पनि गर्नु परेन ।

११. तपाई बढि स्टेज कार्यक्रमलाई बढि प्राथमिकता दिनुहुन्छ हैन ?
हो त्यो त हाम्रो भात खाने बाटो नै हो ।

badal१२. एउटा गायकले गीत गाएरै बाच्न सक्ने अबस्था छ नेपालमा छ ?
छ, म पनि करिब ७—८ बर्ष भयो यो क्षेत्रमा लागेको । मेरो कुनैं जागिर छैंन मात्र गीत गाउँछु ।

बादल प्रसाईका मन पर्ने कुराहरु :
१३.तपाईलाई मन पर्ने गायक ?
नविन के.भट्टराई, सुगम पोखरेल, सन्जिब सिंह, अनिल सिंह

१४.गायिका ?
अन्जु पन्त, आस्था बी., दुर्गा खरेल, इन्दिरा जोशी मन पर्छ ।

१५. तपाईलाई मन पर्ने नायिका ?
नम्रता श्रेष्ठ ।

१६. नायकमा ?
सुरजसिंह ठकुरी र दयाहांग राई ।

१९.मन पर्ने खाना ?
नेपाली खाना नै हो ।

२०.घुम्न मन लाग्ने ठाउँ ?
सिक्कीम, झापा र पोखरा ।

२१.बैबाहिक जीवनमा बाधिने सम्भाबना कत्तिको छ ?
यो बर्ष सायद । अब बूढो पनि भईयो अब यो बर्ष गरिन्छ होला ।

२२.कोहि हुनुहुन्छ ?
हुनुहुन्छ । मेरो गलफ्रेण्ड हुनुहुन्छ । उहाँसगैं यस बर्ष बिबाह गर्ने तयारीमा छु ।

२३.उहाँले तपाईलाई पगाल्नुको केहि कारण भन्दिनुहोस् न ?
उसले मेरो म्युजिक क्षेत्रलाई बुझेको छ,मेरो हेरचाहा गर्छ, मलाई माया गर्छ, उँ बुझकी छ, उसले मलाई सबैभन्दा बढि माया गर्छ र उसको मायाले मलाई पगालेको हो ।

२४.उहाँसँग एक दिन फोन भएन भने कस्तो छटपटि हुन्छ ?
हुन्छ, के भयो होला , कस्तो भयो होला ,विरामी पो छिन् की भन्ने लाग्छ ।

२५.तपाईले सबैभन्दा बढि माया गर्ने ?
मेरो ममी,मेरो बाबा अनि मेरो भाई ।

२६ अनि गलफ्रेण्ड नी ?
चौथो ।

badal66२७.तपाईलाई दश बर्ष पछि तपाईका फ्यानहरुले कहाँ देख्छन्
म यहि क्षेत्रमा नै हुन्छु । चलचित्रका गीत सगैं नयाँ गीतमा देख्न पाउनुहुन्छ ।

२८. नेपाली गीत संगीतलाई व्यबसायीक बनाउन के गर्नु पर्छ ?
नेपाली गीत, संगीतलाई हेर्ने विभिन्न संघ संस्थाहरु छन् उनीहरुले एकजुट भएर काम गर्नु पर्छ । यि संघ संस्थाहरुले रोयल्टी कलाकार, गायक, संगीतकार,गीतकारहरुलाई कसरी बाड्ने भनेर अगाडी बढ्नु पर्छ ।

२९. अबको यात्रा कसरी अगाडी बढाउने सोचमा हुनुहुन्छ ?
अबको दिनमा म केहि विदेशका कार्यक्रममा पनि सहभागी हुदैछु । त्यसको लागि प्रयास भइरहेको छ । र म चाडैं नयाँ गीत एल्बम पनि निकाल्दै छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१