नेपाली संगीतमा इतिहास कोरिँदै, विश्वकै चर्चित रोयल अल्बर्टमा घन्कदैं छ नेपाली गीत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७२, आईतवार १४:३७

आइतबार साँझ नेपाली संगीत इतिहासमा अर्को अध्याय रचिँदैछ । ऐतिहासिक यस अर्थमा, बेलायतको राजधानी लण्डनको साउथ केन्जिङटनमा रहेको विश्वप्रसिद्ध रोयल अल्बर्ट हलमा पहिलोपटक नेपाली गीत संगीत गुञ्जदैछन् । त्यो पनि गोर्खाका भूकम्प प्रभावितहरुको सहयोगार्थ । यस अर्थमा पनि त्यो अभूतपूर्व साँझ, अभुतपूर्व कार्यक्रमको प्रतिक्षा अवधि अब सकिँदैछ । गएको बैशाख १२ र २९ गतेको भूकम्पबाट प्रभावित गोर्खा (नेपाल)का विद्यालय पुननिर्माण गर्न सघाउने उद्देश्यले भोली आइतबार विशेष सांगीतिक कार्यक्रम हुँदैछ । हेल्प नेपाल नेटवर्क युकेको संयोजकत्वमा हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । उक्त कन्सर्टलाई ‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दि अर्थ क्वेक भिक्टिम्स् अफ नेपाल’ नाम दिइएको छ ।
उक्त कार्यक्रममा सहभागी हुन नेपालका चर्चित गायक गायीकाहरु शनिबार लण्डन आइपुगेका कार्यक्रमका संयोजक तथा बीबीसीका भगिरथ योगीले बताए । ‘कार्यक्रममा गायक दीप श्रेष्ठ, ओमबिक्रम् बिष्ट, योगेश्वर अमात्य, दीपक थापा मगर, जेम्स प्रधान, सुजील कर्मचार्य, तुष्णा गुरुङ लगायतका कलाकारको प्रस्तुति रहनेछ ।’ भगिरथ योगीले भने, ‘पत्रकार भूषण दाहाल लगायत गायक गायीकाको टोली शनिबार दिउँसो लण्डन आईसकेको छ । कार्यक्रमको अन्तिम तयारी भैरहेको छ ।’
gorkhaलण्डनको अति नैं पुरानो रोयल अल्बर्ट हलमा करिब ४ हजार दर्शकले सांस्कृतिक कार्यक्रम एकसाथ हेर्न सक्ने छन् । कार्यक्रमबाट उठेको रकम नेपालका भूकम्प प्रभावित जिल्लाका स्वास्थ्य तथा भत्किएका विद्यालयको पुननिर्माणका क्षेत्रमा खर्च हुने आयोजक हेल्प नेपाल नेटवर्कले जनाएको छ । कार्यक्रमको संयोजकत्व हेल्प नेपाल नेटवर्कको तर्फबाट बीबीसीका भगिरथ योगी, कोषाध्यक्ष सचिन श्रेष्ठ र सांगीतिक तर्फबाट गायक योगेश्वर अमात्यले गरेका छन् ।
‘परोपकारी कार्यको लागि संकलित रकमको कुनै पनि हिस्सामा प्रशासनिक लगायत अतिरिक्त खर्च कटौती हुँदैन । त्यसैले सम्पूर्ण रकम विभिन्न जिल्लामा विपदपछिको पुनस्थापना तथा पुननिर्माणका काममा समर्पित हुनेछ ।’ कोषाध्यक्ष सचिन श्रेष्ठले बताए ।
सांस्कृतिक कार्यक्रमबाट करिब ७० लाख रुपैंयाँ बचत गर्ने लक्ष्य राखिएको संयोजक भगिरथ योगीले बताए । विश्व प्रसिद्ध संगीतकर्मीहरुको समेत सपना बनेको रोयल अल्बर्ट हलमा नेपाली गायक गायीकालाई उभ्याउन पाउनु ठूलो अवसर भएको संयोजक योगेश्वर अमात्यले बताए । उनले भने, ‘ वर्षको ३ सय भन्दा धेरै कार्यक्रम हुने रोयल अल्बर्ट हलको अग्रीम बूकिङ्गको लागि न्युनतम २ वर्ष कुर्नुपर्छ । हामीले त्यत्रो समय कुर्नु परेन । यस कार्यक्रममा हामी नेपाल बेलायत सम्बन्ध स्थापनाको २ सय वर्षको रुपमा पनि मनाउँछौं ।’
बेलायती विदेश राज्यमन्त्री हुगो स्वायरले समेत उक्त कार्यक्रमका लागि शुभकामना दिएका छन् । उक्त कन्सर्ट हेर्न बेलायतका कुना कुनाबाट मात्र नभई युरोप लगायतका देशहरुबाटसमेत नेपालीहरु लण्डन आइपुगेका छन् । उनीहरुले भूकम्पबाट नेपालमा भएको क्षतिको पुनस्थापना तथा पुननिर्माणका लागि ऐक्यवद्धता जनाउन लण्डनमा जम्मा भएको प्रतिक्रिया दिएका छन् ।
‘रोयल अल्बर्ट हलमा गर्न लागिएको यो कार्यक्रम सबै नेपालीका लागि इज्जत र प्रतिष्ठाको विषय हो । सो सांगीतिक कार्यक्रममा प्रत्यक्ष सहभागी भई भूकम्प पीडितहरुको आँशु पुछ्न हौसला बढाइदिन नेपाली समुदायका सबै सदस्य तथा संघ संस्थालाई अनुरोध गर्दछौं ।’ हेल्पनेपाल नेटवर्क युकेका सल्लाहकार सूर्य गुरुङले भने ।
‘जब सन्ध्या हुन्छ ….., दिल मेरो घबराउँछ…..’ गायक योगेश्वर अमात्य भन्छन्, ‘करिब ४ हजार सिट क्षमता भएको यस हलमा हुने भोलीको कार्यक्रमका लागि अधिकांश टिकट बिक्री भैसकेका छन् । बाँकीले भोलीसम्म किन्न पाउनुहुनेछ । अहिले हामी कसरी उच्च स्तरीय कार्यक्रम पस्कने भन्नेमा नै केन्द्रित छौं ।’
टिकट खरिदका लागि रोयल अल्बर्ट हलको फोन नं ०२०७ ५८९ ८२१२ मा सम्पर्क गर्न सकिने अथवा www.royalalberthall.com/tickets/an-evening-for-gorkha मा गएर अनलाइन मार्फत पनि किन्न सकिनेछ । टिकट बिक्रिबारे थप जानकारी www.facebook.com/helpnepal.net मा गएर पाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१