को हुन ? के हुन ? र कस्ती छन् ? सोनम कपुर थाहा छ ? छैन भन्ने पढ्नुहोस् यि कुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७२, आईतवार ११:०३

को हुन ? के हुन ? र कस्ती छन् ? सोनम कपुर थाहा छ ? छैन भन्ने पढ्नुहोस् यि कुरा पछिल्लो समय बलिउडमा उदाएका हिरोइनमध्ये सोनम कपुर अब्बल अभिनेत्रीमा पर्छिन् । चर्चित अभिनेता अनिल कपुरकी छोरी सोनमले सञ्जयलीला भन्सालीको सावरिया फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । उनीबारे अहिलेसम्म मिडियामा आइनसकेका केही कुरा–
१. सोनम परिवारकी जेठी छोरी हुन् । उनकी बहिनी रिया कपुर फिल्म निर्मात्री हुन् भने भाइ हर्षबर्धन चाँडै नै हिरोका रूपमा           बलिउडमा डेब्यु गर्दै छन् ।
२. बलिउडका अहिलेका चल्तीका अभिनेताहरू अर्जुन कपुर र रणवीर सिंह सोनमका कजन हुन् । अर्जुन सोनमका बाबु अनिल       कपुरका दाइ निर्माता बोनी कपुरका छोरा हुन् भने रणवीर सोनमकी आमा सुनीतातिरबाट दाइ पर्छन् ।
३. स्कुल पढ्दाका दिनमा आफूलाई कुनै केटाले जिस्क्याउँदा सोनम उनीहरूलाई आफ्ना दाइहरूको नाम लिएर तर्साउने गर्थिन् ।     एकचोटि सोनमले आफूलाई जिस्क्याउने केटाविरुद्ध अर्जुनलाई कुरा लगाइन् । अर्जुनले त्यो केटाको कलर समातेर थर्काउन    थाले । तर, त्यो केटाले अर्जुनको नाकमा एक मुक्का बजार्योत । अर्जुन टाप । पछि मात्र थाहा भयो, त्यो केटा त                       राष्ट्रियस्तरको नामुद मुक्केबाज रहेछ ।
४. सोनम हिन्दी, अंग्रेजी, पन्जाबी, उर्दू र मराठी भाषा बोल्छिन् ।
५. पढ्न, लेख्न, पेन्टिङ गर्न, भिडियो गेम, स्क्वास र बास्केटबल खेल्न सोनम साह्रै मन पराउँछिन् । रणवीर कपुरसँग मिलेर उनले एउटा स्थानीय स्पोर्टस् क्लबमा बास्केटबल खेलाउँदै आएकी छिन् ।
६. सोनमले कत्थक, शास्त्रीय संगीत र लेटिन डान्सको प्रशिक्षण लिइसकेकी छिन् ।
७. पुराना सामान, इतिहास, संग्रहालय, पुराना कपडा, पुरातात्त्विक संरचनाप्रति उनको अगाढ मोह छ ।
८. सोनम सानैदेखि स्वावलम्बी स्वभावकी छिन् । उनले पकेट मनीका लागि वेटरको काम पनि गरेकी छिन् ।
९. आफ्नो तौलप्रति गरेको टिप्पणी मन नपरेपछि सोनमले एउटा ब्वाइफ्रेन्डसँग तत्कालै ब्रेकअप गरेकी थिइन् ।
१०. उनले युनाइटेड वल्र्ड कलेज अफ साउथ इस्ट एसिया, सिंगापुरमा थिएटर र आर्टको पढाइ पूरा गरेकी हुन् ।
११. सोनमले आफ्नो फिल्मी करिअर सञ्जयलीला भन्सालीको ब्ल्याक फिल्मबाट सुरु गरेकी थिइन् । सो फिल्ममा उनी                सहायक निर्देशक थिइन् ।
१२. सिंगापुरमा पढ्दाताका सोनम रानी मुखर्जीलाई भेट्न गएकी थिइन् । त्यतिवेलै उनले रानीले अभिनय गर्ने ब्ल्याक                 फिल्मको सहायक निर्देशक भई काम गर्ने इच्छा व्यक्त गरेकी थिइन् । छोरीको इच्छाबारे बाबु अनिलले निर्देशक                      भन्सालीसँग कुरा गरे । त्यसपछि भन्सालीले सोनमलाई सहायक निर्देशकमा राखे ।
१३. ब्ल्याकको सुटिङकै क्रममा भन्सालीले सोनमलाई आफ्नो नयाँ फिल्म सावरियाका लागि अफर गरेर तौल घटाउने सल्लाह        दिएका थिए । त्यसपछि लगातार दुई वर्षको अथक एक्सरसाइजपछि सोनमले ३५ किलो तौल घटाएकी थिइन् ।
१४. ग्राजुएसन पूरा गर्न नसकेकोमा सोनम पछुतो मान्ने गर्छिन् ।
१५. सावरियामा अभिनय गर्नुअघि सोनमले रोशन तनेजा, जयन्ती भाटिया र फिरोज अब्बास खानसँग अभिनय प्रशिक्षण               लिएकी थिइन् ।
१६. लोरियल ब्रान्डको ब्रान्ड एम्बेस्डर बनेपछि सोनमले ऐश्वर्या राय बच्चनलाई आन्टी भनेर बोलाउन थालिन् । जबकि                 उनीभन्दा अघि ऐश्वर्या लोरियलको ब्रान्ड एम्बेस्डर थिइन् ।
१७. सोनमले बलिउडका कुनै पनि अभिनेतासँग बिहे नगर्ने कसम खाएकी छिन् ।
१८. एउटा फिल्मको सुटिङका क्रममा सोनमलाई गत फेब्रुअरीमा स्वाइनफ्लु भएको थियो । उपचारपछि मार्चमा मात्रै उनलाई           अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
१९. सोनमकी आमा सुनीता पूर्वमोडल हुन् । उनी फिल्ममा कस्ट्युम डिजाइन पनि गर्छिन् ।
२०. सोनमको फेसन सेन्सको निकै तारिफ हुने गर्दछ । आयशा फिल्म रिलिज भएपछि उनलाई फेसनिस्टका रूपमा समेत लिने       गरिएको छ ।
२१. सोनम एफएचएम, म्याक्सिम, जिक्यु, नोच, ग्रेजिया, वर्व, ऐल, फेमिना, हार्पर बजारलगायतका थुप्रै अन्तर्रा्ष्ट्रिय                   म्यागजिनको कभर गर्ल बनिसकेकी छिन् ।
२२. भविष्यमा उनी राजनीतिमा लाग्न चाहन्छिन् । उनले यो योजना केही समयअगाडि एउटा रियालिटी सोमा सुनाइसकेकी           छिन् ।

नयाँपत्रिका दैनिक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१