मोडलिङमा चम्कदैं गुन्जन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७२, शुक्रबार १४:१२

गुन्जन भण्डारी मोडलिङ क्षेत्रमा नयाँ नाम हो तर समयमा नैं यो नाम धेरैं दर्शक, स्रोताको मनमा बसिसकेको छ । करिब दुई बर्ष अगाडी बजारमा आएको शंकर कंडेलको शब्द र गायक चिरञ्जिवी भण्डारीको स्वरमा रहेको आधुनिक गीत “म बादल बनी” बोलको गीतमा अभिनय गरेकी गुन्जनले सोहि अभिनयकैं कारण धेरैं दर्शक माझ आफ्नो नाम लोकप्रिय बनाउदैं गएकी छिन् ।

gunjan6त्यसो त उनी अभिनयमा मात्र सिमित नरहि उनी नृत्यमा पनि उस्तैं पोख्त छिन् । नेपालका विभिन्न ठाउँहरुमा हुने मेला महोत्सवमा पनि उनी डान्सरको रुपमा चिर—परिचित छिन् । धेरैं जसो महोत्सवमा उनीले आफ्नो नृत्य कला देखाइसकेकी छन् । सिन्धुलीको ककरु ठाकुरमा जन्मिएकी गुन्जन नृत्य र मोडलिङमा स्थापित हुने उद्येश्यले राजधानी छिरेको बताउँछिन् । अध्ययन सगैं नृत्य र अभिनयलाई अगाडी बढाइरहेकी गुन्जन आफुमा प्रतिभा छ भने जसरी पनि यो क्षेत्रमा चम्कन सक्ने बताउँछिन् ।

gunjan666राम्रा—राम्रा म्युजिक भिडियोमा अफर आए अभिनय गर्ने मोडल गुन्जन खुलाछिन् । अहिलेपनि उनी आफ्नो नृत्य कलालाई लगनशिलताको साथ अगाडी बढाइरहेकी छिन । गुन्जनले हालसम्म केहि म्युजिक भिडियोमा समेत अभिनय गररी सकेकी छिन् । उनी फुर्सदको समयमा साथीहरुसँग घुम्न मनपराउने बताउछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१