“मनसुन” पनि लभस्टोरी नैं हो : सुविन भट्टराई (लेखक)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७२, शुक्रबार ११:५६

अहिले नेपाली बजारमा धेरैं लेखक तथा लेखिका भित्रिरहेका छन् । धेरैंले पुस्तक बजारमा ल्याछन् तर कतिका पुस्तक एक प्रति पनि विक्रि नभई कुनैं कुनामा थन्किन्छन् भने केहि पुस्तक यस्ता हुन्छन् जसको विक्रिले इतिहास बनाउछ । तपाई हामीले एउटा चलचित्र हिट भयो भने त्यसको सिक्वेल बनेको कुरा त थाहा नैं छ तर पुस्तकको हकमा त्यो सायदैं भएको हामीले पाउदैनौं । तर त्यो कुरा एक व्यक्तिको हकमा भने गलत रहन सक्छ । ति व्यक्ति हुन् सुविन भट्टराई । पहिलो पुस्तक कथाकी पात्र, समर लभ र साया बजारमा ल्याएपछि यूवा कथाकार सुविन निकैं व्यस्त कथाकारको रुपमा परिचित छन् । दोस्रो पुस्तक समर लभलाई पाठकले अत्याधिक मनपराएपछि उनले त्यसको सिक्वेल साया बजारमा ल्याए र त्यो पुस्तकले पनि राम्रो चर्चा कमाइरहेको छ । र अब सुविन यसैं बर्षको अन्त्यमा अर्को पुस्तक मनसुन ल्याउने तयारीमा छन् । उनैं लेखक सुविन भट्टराईसँग राष्ट्रिय खबरडट कमका सह—सम्पादक मनिष दाहालले गर्नुभएको कुराकानी :
 subin4 १.अहिले के मा व्यस्त हुनुहुन्छ ?
लेखनको हिसाबले कुरा गर्ने हो भने अहिले म चौंथो पुस्तक मनसुनको लेखन कार्यमा व्यस्त छु । यो पुस्तक २०७२ को अन्तिम तिर आउँछ होला ।

२.तपाईले हालसम्म बजारमा तिन वटा पुस्तक ल्याइसक्नुभएको छ । सबैं पुस्तकहरुलाई पाठकहरुले अत्याधिक मन पराउनु भयो । यहाँ सम्म आइपुग्नका लागि चाहि सबैं भन्दा ठुलो श्रेय कसलाई जान्छ ?
म सानैं देखी लेखनमा अहिले बढि रुची राख्ने मान्छे थिए । मलाई ३ जना व्यक्ति विपी कोइराला, पारिजात र अर्को ध्रुव चन्द्र गौंतमको सायद मैंले बाल्यकाल देखी नैं पुस्तक नपढेको भए आज लेखक हँुदिन थिए होला । म सँग भएका विभिन्न क्षणहरु सबैं मेरा श्रेयका हकदार छन् ।

३.कहाँ बाट आउँनु भयो काठमाडौंमा ?
म काठमाडौं मै हुर्किएको भन्दा पनि हुन्छ तर म जन्मन चाहि खोटाङमा जन्मिएको हुँ ।

४.अहिले अध्ययन कहाँ पुर्याउनु भएको छ ?
मैंले मस्टर डिग्री साइन्समा गरिसके ।

५.तपाईले बजारमा ल्याउनुभएको दुई पुस्तक समर लभ र साया सेक्सुयल विषयमा रहेको छ भनिन्छ नी ?
दुईवटैं पुस्तक त भन्दैंनन् तर भन्नेले समर लभ चाहि केहि हदसम्म हो भन्छन् । र समर लभमा भन्नु स्वभाविक पनि हो किन भने हामीले यूवापुस्ताको प्रेमलाई कथामा उतार्र्न खोज्छौं नी जब त्यो बेला उनीहरुको प्रेम मात्र नैं हुदैंन । प्रेमका कुरा गरिरहदाँ उनीहरुले गर्ने अन्य क्रियाकलापहरु अगाडी ल्याउदा सेक्सका कुरा पनि पुस्तकमा आए त्यो स्वभाविक पनि हो ।

६.तपाईले उक्त पुस्तकमा प्रेम रहदाँ सेक्स पनि आबश्यक हुन्छ छ भन्न खोज्नु भएको हो ?
प्रेम त्यतिकैं हुने चिज पनि होइन । जो मानिसमा भित्रैं देखी यौंन चाहाना हुदैंन त्यसले त्यो अनुसारको प्रेम गर्नै सक्दैंन ।

७.समर लभ सुपरहिट भएको कारणले साया ल्याउनु भएको हो ?
समर लभ सुपरहिट भएका कारणले मैंले साया ल्याएको होइन । समर लभ अधुरो प्रेम कथामा अड्किएको थियो । अन्तिमसम्म पढ्ने अब के भयो किन यस्तो भयो भन्ने जिज्ञासा व्यापक रुपमा उठ्न थालेपछि मैंले साया बजारमा ल्याएको हुँ ।

८.अब साया सकियो होइन त ?
अब सकियो । मैंले सायामा सम्पुर्ण कथा सकाएको छु । अब सायाको कुनैं पनि सिक्वेल बजारमा आउदैंन । र मनसुन भन्ने कथा एकदमैं फ्रेस र नयाँ छ ।

subin९.सभर लभ माथि चलचित्र बन्ने कुरा छ नी ?
यो कुरा सत्य हो । मैंले र निर्देशक एवं निर्माता विकास आचार्यसँगको छmफलपछि हामीले चलचित्र नाईँ नभन्नू ल ५ मा समर लभको कथा समाबेश गर्ने भएका छौं ।

१०.नाईँ नभन्नू ल चलचित्र पहिलो श्रृखला देखी नैं सुपरहिट छ र त्यो चलचित्रको नाममा समर लभको कथा मिसाउनुको केहि कारण भनिदिनुस् न ?
फिल्मको नाम त समर लभ नैं रहन्छ । त्यो त उहाँको सिक्वेलको पाट मात्र हो । नाईँ नभन्नू ल ५ विकास आचार्यको ब्रान्डिङ गर्ने तरिका भो तर कथा समर लभको हो । र नाम पनि समर लभ नैं रहन्छ ।

११.पुस्तक समर लभ आधा काहानीमा अड्किएको छ भन्नु भयो चलचित्र पनि त्यसरी नैं आधा काहानीमैं अड्किने त होइन ?
हैन, चलचित्रको अन्त्य चाहि केहि फरक गरि गर्ने छौं । तर पुस्तक जस्तो अधुरो चाहि चलचित्र नबनाउने निर्णय भएको छ ।

१२.चलचित्रमा साया मिसिन्छ अथवा मिसिन्न् ?
त्यो निर्णय सम्म अहिले हामी पुगिसकेका छनौं । छलफल हुदैं जदाँ मिसिन पनि सक्छ नमिसिन पनि सक्छ ।

१३.चलचित्रका लागि कलाकार छनोट भइसक्यो भन्ने छ नी ?
हैंन यो चाहि गलत हो । हामीले नायक आर्यन सिग्देल हुन्छन् की भनेर मात्र कुरा गरेका हौं तर कलाकारहरुको कुनैं छनोट भइसकेको छैंन ।

१४.तपाईका पुस्तकका फ्यान बढि मात्रामा को छन् । यूवक की यूवती ?
यसको आकडा चाहि भन्न सक्दिन । मलाई जसरी प्रतिक्रिया आउँछन् त्यो चाहि सबैंबाट आउने गरेको छ । मेरो विचारमा बराबरी हुनुहुन्छ होला ।

१५.एउटा राम्रो कथा कसरी लेख्न सकिन्छ ?
सबैं भन्दा ठुलो कुरा ऊ सँग राम्रो भाषा हुनुपर्छ । हरेक कुरालाई शुष्म तरिकाले हेर्न सक्ने खुबी हुनुपर्छ । साना साना कुरालाई कसरी प्रस्तुत गर्ने त्यो कुरा निकैं महत्वपूर्ण हुन्छ । र अरुका पुस्तकहरु अत्याधिक मात्रामा पढ्नु पर्छ ।

१६.सुविन भट्टराईका अब आउँने प्रत्यक पुस्तकमा प्रेम भेटिन्छन् ?
प्रेमबाट अछुतो चाहि कुनैं मानिस पनि रहन सक्दैंन । र मेरो अब आउँन लागेको पुस्तक मनसुन पनि लभस्टोरी नैं हो । र अन्य पुस्तक कुन विषयका हुनछन् त्यो भने अहिले नैं सोचेको छैंन ।

subin5१७.अन्तिम प्रश्न : सुविन भट्टराईको आँखामा प्रेम के हो ?
सबैं भन्दा गाह्रो प्रश्न नैं यहि हो जस्तो लाग्छ । मानिस कुन अबस्थामा गुज्रिरहेको छ मानिसले त्यसरी नैं उसले प्रेमलाई लिन्छ । म कुनैं एक यूवतीलाई मन पराउछु भने म मा प्रेम एक किसिमको हुन्छ,ऊ सँग प्रेम चरम रुपमा छ भने म सँग प्रेम अर्कै किसिमको हुन्छ र ऊ सँग म विछोडमा छु भने प्रेम अर्कै रुपमा निस्कन्न् । त्यसैंले पनि प्रेमलाई ब्याख्या गर्न गाह्रो छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१