सन्नी देवलमाथि उजुरी दर्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७२, बिहीबार १०:२३

sunnyकुनैं जमनाका चर्चित अभिनेता सन्नी देवलमाथि ‘मोहल्ला अस्सी’ चलचित्रबाट धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै बनारसको भेलपुर थानामा उजुरी दर्ता भएको छ । सन्नीका अलावा उक्त चलचित्र निर्देशक चन्द्रप्रकाश दिवेदी, कलाकारहरु सौरभ शुक्ला, रवि किसन यस समेत आरोपमा मुछिएका छन् । केहि दिन अगाडी सार्वजनिक भएको चलचित्र ‘मोहल्ला अस्सी’को ट्रेलरमा भगवान शिवको भेषभूषामा एक कलाकारले गाली दिदैं गरेको दृश्यका कारण भेलपुर थानामा उजुरी दर्ता भएको बताइएको छ । यो चलचित्र डाक्टर काशिनाथ सिंहले लेखेको उपन्यास ‘काशीका अस्सी’ माथि आधारित छ । यस चलचित्रका निर्देशक डा‘.चन्द्रप्रकाश द्विवेदी सेन्सर बोर्डका सदस्य छन् । उनीसँग यस कन्टेन्टको बारेमा सोध्दा उनले ट्रेलरलाई लिएर अनभिज्ञ भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१