को हुन् सुदर्शन गौतम, किन धम्क्याउछन् पत्रकार ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७२, बुधबार १२:३५

काठमाडौं,९ असार । रामेछापमा जन्मिएका ३२ वर्षीय सुदर्शन क्यानडाको नागरिक हुन्। उनले केहि बर्ष अगाडी क्यानडाकै नागरिकको हैसियतले सगरमाथा आरोहण गरेका थिए । दुवै हात नभए पनि सगरमाथा आरोहण गरेको विश्वकीर्तिमान उनको नाममा छ । १३ वर्षको हुँदा ०५१ मा घरको छतमा रड लिएर खेल्दै गर्दा रड बिजुलीको तारमा छोइएपछि उनी दुर्घटनामा परेका थिए । त्यसपछि उनका दुवै हात काटिएका हुन् । खुट्टाले लेखेर एसएलसी उत्तीर्ण गरेका उनी गाडी पनि खुट्टैले चलाउँछन् । क्यानडा सरकारले ‘मोटिभेसनल गेस्ट स्पिकर’को रूपमा त्यहाँको संस्थामा बोल्न बोलाएपछि श्रीमती अम्बिका हमालसहित उनी सन् २००५ मा क्यानडा गएका थिए ।

Rekha-Sudarsan-650x273क्यानडामा उनको रेस्टुरेन्ट व्यवसाय छ । त्यति मात्र होइनन् उनले चलचित्रमा समेत अभिनय गरेका छन् । नायिका रेखा थापाको लगानी र निर्देशनमा तयार भएको चलचित्र हिम्मतवालीमा अभिनय गरेर पहिलो पटक नायकको रुपमा पनि आफुलाई स्थापित गराएका सुदर्शनले केहि दिन अगाडी पत्रकार श्याम सुन्दर गिरीलाई मार्ने धम्की दिएपछि भने उनी निकैं विवादमा तानिएका छन् । नेपाली चलचित्र सम्बन्धी गसिप र समाचारहरु लेख्दैं आएको फिल्मी बजार डटकमका सम्पादक गिरीलाई समाचार लेखेकैं भरमा ज्यान मार्ने धम्की दिएपछि उनी विरुद्ध यति बेला विभिन्न संघ संस्थाहरुले आपत्ति जनाइरहेका छन् । नेपाल पत्रकार महासंघ,चलचित्र पत्रकार संघ,प्रेस यूनियन लगायतका संघ संस्थाहरुले प्रेस विज्ञप्ती निकाल्दैं गम्भिर ध्यानाकर्षण गरिसकेका छन् । अझ चलचित्र पत्रकार संघले भने १५ दिन भित्र माफी नमागे बहिस्कार गर्ने सम्मको घोषणा गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१