एकसाथ पर्दामा देखिदैं निखिल र सञ्जिता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७२, मंगलवार ११:१३

नेपाली चलचित्रमा एक्सन नायकको छवि बनाएका निखिल उप्रेती र नायिका सञ्जिता लुइँटेल अब लामो समय पछि एकसाथ पर्दामा देखिने भएका छन् । चलचित्र ‘माया त माया’को छायांकनको बेला प्रेममा परेपछि उनीहरुले भागेर मुम्बईमा बिबाह गरेका थिए । पहिलो श्रीमती कोपिलालाई छोडेर नायिका सञ्जिता लुईटेललाई उपनाएपछि नेपाली चलचित्रक्षेत्रमा करिब ५ बर्षसम्म नदेखिएका नायक उप्रेती पछिल्लो समय नेपाली चलचित्रको छायांकनको क्रममा निकै व्यस्त छन् ।

nikhilयो अबधिमा भैरब,लुटेरा लगायतका चलचित्रहरुमा निखिलले अभिनय गरिसकेका छन् । त्यहि क्रममा ‘माया त माया’ नामक चलचित्र पश्चात अहिलेसम्म अन्य चलचित्रमा नदेखिएको यो जोडी अब निर्देशक विवी फुयाँलले निर्देशन गर्न लागेको चलचित्र च्याम्पियनमा देखिने भएको छ । एउटा क्रिकेटको जीवनी माथि निर्माण हुन लागेको यस चलचित्रमा नायक निखिल उप्रेती क्रिकेटरको भुमिका निभाउने छन् भने अभिनेत्री सञ्चिता उनको प्रेमिकाको भुमिकामा देखिने बताइएको छ । आरडी मिडिया हाउसको ब्यानरमा निर्माण हुने यस चलचित्रलार्य टेकमणि पोख्रेलले निर्माण गर्दैछन् । चलचित्रमा पवन गौतमको छायांकन र टंक बुढाथोकीको संगीत रहने निर्देशक फुयाँलले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१