पत्रकारलाई मार्ने धम्की दिएका सुदर्शनलाई बहिस्कार गरिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ असार २०७२, सोमबार १२:५९

sudarshnaचलचित्र हिम्मतवालीमा अभिनय गरेर पहिलो पटक नायकको रुपमा स्थापित भएका नायक सुदर्शन गौतमले केहि दिन अगाडी पत्रकार श्यामसुन्दर गीरीलाई समाचार लेखेकै भरमा ज्यान मार्ने सम्मको धम्की दिएकोप्रति चलचित्र पत्रकार संघले गम्भिर ध्यानाकर्षण व्यक्त गरेको छ । ‘भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’ शिर्षकमा फिल्मीबजार डट कममा प्रकाशित गरिएको गसिप समाचारकै आधारमा सुदर्शन गौतमले पत्रकार गीरीलाई मारेर फाल्ने भन्दैं फोनमा अश्लिल शब्द बोलेको, समाचार संस्था एवं समाचार तथा संचारकर्मीको धावा बोलेको, पटक पटक चलचित्र पत्रकार संघको नाम समेत उल्लेख गरी संघको सदस्य समेतबाट निश्काशनगरिदिने भनी गैर कानुनी शब्द र व्यवहार देखाएका कारण पत्रकार संघले आइतबार प्रेस विज्ञप्ती जारी गर्दे खेद व्यक्त गरेको हो । महासचिब सन्दिप सापकोटाद्धारा जारी विज्ञप्तीमा उनलाई माफी माग्न १५ दिने अल्टीमेटम समेत दिइएको छ ।यदि सुदर्शनले संघले दिएको अल्टीमेटम भित्र आफ्ना शब्द फिर्ता लिई माफी नमागेमा उनलाई बहिस्कार सम्म गर्न सकिने उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१