अमेरिकी सेनाको ड्रोन आक्रमणमा परि अल कायदाका उच्च अधिकारीको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७२, मंगलवार १०:३७

dronएजेन्सी । अमेरिकी सेनाको ड्रोन आक्रमणमा परि अल कायदाका उच्च अधिकारीको मृत्यु भएको छ । अरेबियन प्रायद्धिप नजिकै अलकायदाका उच्च नेता अल वुहेसीको हत्या भएको यमनी सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अल कायदा प्रमुख ओसामा बिन लादेनका पूर्व निजी सचिव समेत रहेका उनी अल कायदाका दोस्रो ठूलो नेता हुन । बिन लादेनपछि वुहेसी को हत्या अल कायदाका लागि अपुरणीय क्षति भएको विश्लेषण गरिएको छ । उता अमेरिकाले भने उनको हत्या बारे कुनै टिप्पणी गरेको छैन । यसअघि, अमेरिकाले वुहेसीलाई नियन्त्रण गरी आफ्नो जिम्मा लगाउनेलाई १ करोड डलरको पुरस्कार घोषणा गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१