नग्न फोटोको कारण मिस जिम्बाबेको ताज खोसियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० जेष्ठ २०७२, शनिबार १८:१८

ह्वाट्सएपमा नग्न फोटो ‘भाइरल’ भएपछि २०१५ मा मिस जिम्बाबे चुनिएकी एमिली टटांगा कचोटे बाट ताज छिनिएको छ। चीनमा हुने मिस वर्ल्ड प्रतियोगितामा अब उनले भाग लिन पाउँदिनन। २५ वर्षीया एमिली अनुसार अब उनी आराम गर्ने ‘मुड’ मा छिन्। अप्रिलमा मिस जिम्बाबे चुनिए पछि नै उनले आफ्नो मोडलिङ करिअर भने नछोड्ने बताएकि थिइन। यो भन्दा पहिले, मिस जिम्बाबे थबिसो फिरीलाइ पनि नग्न तस्बिर सार्वजनिक भएपछि ताज छिनिएको थियो।missjimbabeमिस जिब्बाबे ट्रस्टको एक बयान अनुसार एमिलीले पहिले गरेको सम्झौतालाइ उल्लंघन गरिन, जसको कारण यो कदम चलाउन आवश्यक पर्यो।

एमिलीले भने आफ्नो बचाउ गर्दै, उक्त तस्बिर मिस जिम्बाबे प्रतियोगितमा भाग लिनु भन्दा पहिलेको भएको बताएकि छिन। यो तस्बिर उनको ब्वायफ्रन्डले सार्वजनिक गरेको बताइन्छ। एमिलीको अनुसार रक्सी खाएको बेला नियन्त्रण गुमाएको अवस्थामा खिचिएको तस्बिर थियो, जसमा आफ्नो नियन्त्रण नभएको बताउछिन।

उनको ताज छिनिए पछि, प्रतियोगिताकी फर्स्ट रनरअप एनी ग्रस मुताम्बुलाइ मिल्नेछ मिस जिम्बाबेको ताज। एनी नै मिस वर्ल्डमा भागलिने छिन जुन चीनमा डिसेम्बर १९ मा हुनेछ।

यही फोटोले उनको ताज खोसेको थियो,missjimbabe1

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१