हङकङमा ‘चकलेट’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार १६:०८

नेपालमा हालसम्म प्रदर्शन मिति तय नभइसकेको चलचित्र चकलेट २८ जुन २०१५, आइतबार हङकङ स्थित यौ मा तेइ कम्युनिटी हलमा प्रदर्शन हुने भएको छ । जोर्डन स्थित चौतारी क्लबमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्मात्री तथा उक्त कार्यक्रमकी अध्यक्ष खुसी गुरुङले सो बारे जानकारी दिएकी हुन् । केहि बर्ष देखि हङकङमै बसोबास गरिरहेकी खुसिले चकलेट फिल्मबाटै नेपाली सिनेनगरीमा हात हालेकी हुन् ।

diचलचत्रिलाई खुसी गुरुङ, प्रतिमाया गुरुङ र केशब तामाङले पुजना फिल्म्स्को ब्यानरमा निर्माण भएको हो । जसमा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराई,सुमन गौरे लगायतका कलाकारहरुको मुख्य भुमिका चलचित्रमा रहेको छ । निर्मल शर्माले निर्देशन गरेको चलचित्र चकलेटमा पुजनाको मुख्य अभिनय रहेको छ । काठमाडौंको दरबार मार्ग क्षेत्रमा रहने बाल बालिकाहरुको जीवन कथा उठान गरेको चलचित्र पुर्ण रुपले सामाजिक कथामा तयार भएको नायिका तथा निर्मात्री पुजना स्त्रीले बताएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१