हराए रोज राणा,कांग्रेसको महाधिवेसनमा क्षेत्रिय सभापतिका लागी लड्दैं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार ११:५०

नेपाली चलचित्रमा जिवन्त अभिनय गर्ने पुराना अनुहारहरु आजकाल चलचित्रक्षेत्रबाट पलाएन जस्तैं भइसकेका छन् । नव कलाकारहरुको आगमन सगैं पुराना कलाकारहरु विस्तारैं विस्तापित हुदैं गएका छन् । त्यो भिडका एक व्यक्ति हुन् रोज राणा । उनी कलाकार मात्र होइनन उनले ६ वटा चलचित्र समेत निर्माण गरिसकेका छन् भने २ वटा चलचित्र टक्कर दुई मुटुको र महानमा नायक भएर अभिनय पनि गरिसकेका छन् । निर्माता सगैं नायकको भुमिकामा देखिएका रोज राणा पछिल्लो समय नेपाली चलचित्रमा देखिएका छैंनन् । बेला बेखतमा विवादमा समेत तानिरहने नायक रोज राणा अहिले सम्पुर्ण समय आफ्नो परिवारसँग विताउने गरेका छन् ।

rojकेहि समय अगाडी बिवाहको पाँचौ बर्षगाँठ मनाउन पत्रकार भेटघाट गरेपछि रोज विपत्ता जस्तैं भएका छन् । उनी सामाजिक सञ्जाल तिर पनि खासैं देखिदैंनन् । स्रोतले बताए अनुसार नेपाली कांग्रेस निकट रहेका रोज अहिले नेपाली कांग्रेसको महाधिवेसनमा क्षेत्रिय सभापतिका लागी लड्दैं छन् । चलचित्रमा लगानी परेपनि खासै सफलता हात पार्न नसकेपछि चलचित्रक्षेत्रबाट टाढैं रहेका रोज पुन चलचित्रमा आउँने मनसाय बनाएको केहि बर्ष अगाडी पत्रकार भेटघाट कार्यक्रममा बताएका थिए । उनले त्यो बेला भनेका थिए -‘अहिले यो क्षेत्रमा पैसा लगानी गरेर व्यवसाय नै गर्न सक्ने अवस्था छैन । चलचित्र नै सफल नभएपछि म त्यती मुर्ख कहाँ छु र, यसमा लगानी गर्न ।’ यसरी चलचित्रक्षेत्रप्रति असन्तुष्टि व्यक्त गर्दै आएका रोज पटक पटक जेल पर्दै तर छुट्दैं आएका थिए । राजनितिक व्यक्तिहरुसँग बढि हिमचिम रहेको उनी अहिले प्यूठानमा छन् । पारिवारिक स्रोतले बताए अनुसार प्यूठान क्षेत्र नम्बर २ बाट क्षेत्रिय सभापतिका लागि चुनाव लड्न लागेकाले हाल रोज प्यूठानमै रहिआएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१