पर्दामा खेलाडी बनेका बलिउड नायिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७२, बिहीबार १३:११

Capture

मुम्बई । कुनै जमाना थियो । फिल्ममा नायिकाहरुको मुख्य काम नाच्नु र नायकसँग प्रेम गर्नु । तर, अहिले नायिकाहरुको दायरा फराकिलो भएको छ ।

उनिहरु केबल हाँसखेलमा मात्रै सिमित हुँदैनन् रिङमा बक्सिङ खेल्छन् । हातमा ब्याट लिंदै क्रिकेट खेल्छन् । केही नायिका यस्ता छन् जसले रिङमा बक्सिङ खेलेरै चर्चामा आए । हेरौं ति नायिका को-को रहेछन् ।

प्रियंका चोपडाः महिला बक्सर मेरी कोमको बायोपिक फिल्म ‘मेरी कोम’ मा पि्रयंका चोपडाले बक्सरको भुमिका निर्वाह गरेकी थिईन् । उक्त चलचित्रमा काम गर्दा उनी शारीरिक र मानसिक रुपमा तयार भएर मात्रै हुँदैन थियो बक्सिङका स्टाईल पनि सिक्न जरुरी थियो ।

त्यो मात्रै हैन मेरी कोमको बीस वर्षको जीबनलाई पढन त्यति सजिलो थिएन । तर, प्रियंकाले निकै छिटो सिकिन् । फिल्मको विषय र पि्रयंकाको काम गर्ने शैलि बेजोड भएकै कारण फिल्म सफल भएको भन्नेहरु धेरै छन् ।

सोनाक्षी सिन्हाः मसला फिल्ममा आफ्नो अलग पहिचान बनाएकी सोनाक्षी सिन्हाले चलचित्र ‘होलीडेमा एक बक्सरको भुमिका निर्वाह गरेकी थिइन् । चलचित्रमा काम गर्ने भएपछि नै उनले बक्सर विजेन्दरसँग बक्सिङ सिकेकी थिईन् ।

अहिले सोनाक्षी मार्शल आर्टको टे्रनिङ लिईरहेकी छिन् । उनलाई मार्शल आर्ट प्रशिक्षण दिने कुलदीप सिंह सोनाक्षीको सिक्ने शैलिवाट सन्तुष्ट छन् । उनको भनाई अनुसार सोनाक्षीले केही राम्रो काम गर्ने सम्भावना देखाएकी छिन् ।

आलिया भट्टः अभिषेक चौबको नयाँ फिल्म ‘उडता पञ्जाब’ मा आलिया भट्ट शाहीद कपुरसंगै अभिनय गर्दैछिन् । सोही फिल्ममा काम गर्ने क्रममा उनले हक्कीको प्रशिक्षण समेत लिएकी थिईन् । हरेक दिन दुईघण्टा प्रशिक्षण लिने गरेकी छिन् उनले ।

अहिले फिल्मको सुटिङ भईरहेकोले आलियाले कस्तो गरेकी छिन् सार्वजनिक भएको छैन ।

रानी मुखर्जीः बण्टी और बब्ली, कुछ कुछ होता है जस्ता फिल्ममा काम गरेकी राजी मुखर्जीले क्रिकेटमा आधारित ‘दिल बोले हडिप्पा’ मा क्रिकेटरको भुमिका निर्वाह गरेकी थिईन् ।

फिल्मको सुटिङ हुनु ६ महिना अघि क्रिकेट सिकेकी उनले सुटिङमा राम्रै गरेकी थिईन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१