नव-नेपाल निर्माणका लागी दौडदैंछन् महजोडी देखी विनितासम्म

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७२, बिहीबार १०:२०

देशको नव-निमार्णमा जुट्नका लागि नेपाली युवाहरु अथक दौडमा संलग्न हुने भएका छन् । दौड केवल दौडमा मात्र सिमित नरहने बताइएको छ । काठमाडौंमा दौडने, दौडले रामेछापको दुरागाउँका माईला दाईको मनमा आशा जगाउने छ भने दोलखाको सिंगटिका ठूलालाईको मुहारमा खुसी छर्ने योजना बनाइएको छ । त्यस्तैं सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर, काठमाण्डौ, धादीङ, नुवाकोट, रसुवा, गोरखा लगाएतका भुकम्प पिडित र प्रभावितलाई उक्त दौड प्रतियोगीताले उर्जा प्रदान गर्ने बताइएको छ ।

1नव नेपाल निर्माण अभियानका लागि युवा जनशक्तिलाई थप उत्प्रेरणा हासिल गर्न यो कार्यको थालनी गरिएको आयोजक संस्था द ह्वाईट जोन नेपालका सचिव निरोज खड्काले जानकारी दिए । यही जेष्ठ ३० गते शनिवार विहान ७ बजे देखी ९ बजेसम्म पाटन ढोका देखी बसन्तपुर डवलीसम्म नव नेपाल निमार्णका लागि सहयोगार्थ दौड कार्यक्रम आयोजना गरिएको वाई.एस.पि.नेपाल रामेछापका अध्यक्ष हिमाल महतले बताएका छन् । ५ सय देखी १ हजार युवा सहभागि हुने दौड कार्यक्रममा महजोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, म्यराथुन धावक वैकुण्ठ मानन्धर, गायक रामकृष्ण ढकाल, फुटवल खेलाडी हरी खड्का, नेपालकै पहिलो महिला रेस्लर खेलाडी भगवती खड्का, अभिनेत्री विनिता वराल, एथलेटिक्स खेलाडी भगवती माझि लगायतले उक्त दौड प्रतियोगितामा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१