२० वर्षे मोडेलका कति लामा खुट्टा ? तुइ तुइ बनिन् इन्टरनेट स्टार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७२, बिहीबार ०६:०४
२० वर्षकी एकजना मोडेल अहिले इन्टरनेट स्टार बनेकी छिन् । आफ्ना झसँगै पार्ने खालका लामा खुट्टाका कारण चिनिया मोडेल डोंग लेइ इन्टरनेटमा भाइरल बन्दै गएकी हुन् ।चीनको अन्हुइ प्रान्तकी डोंगको पूरै जिउको उचाइ ५ फिट ११ इन्च छ । पूरै जिउको उचाइको अधिकांस भाग त खुट्टाले ओगटेको छ । उनको खुट्टा ४५ इन्च लामा छन् । उनको खुट्टाको उचाइ चीनका ७ वर्षे बालिकाहरुको औषत उचाइ जत्तिकै हो ।
हालै एक टेलिभिजन शो ‘सुपरमोडेल’ मा प्रस्तुत भएकी डोंगले आफ्नो अनौठो फिगरका कारण निर्णायक मण्डललाई पनि प्रभावित गर्न सफल भइन् । उनका तस्वीरहरु अनलाइनमा अपलोड भएपछि ती तस्वीहरु निकै चर्चित बनिरहेका छन् । उनका फ्यानको संख्या बढिरहेको छ र कतिपयले उनलाई खुट्टाको सुरक्षागर्न र गिनिज बुकमा नाम लेखाउने प्रयास गर्न सल्लाह पनि दिएका छन् ।१६ वर्षकी छँदै ५ फिट ९ इन्च अग्ली भएपनि उनी आफ्नो जिउको उचाइलाई लिएर निकै चिन्तित भइन् ।
त्यसैले उनलाई शिष्टाचार कक्षामा पठाइएको थियो ।डोंगका अनुसार उनका बुवा र आमा पनि यस्तै लिंगे छन् । बुवाको उचाइ ६ फिट १ इन्च र आमाको उचाइ ५ फिट ७ इन्च छ ।उनका बुवाआमाले उनलाई विश्वविद्यालयमा प्राध्यापक बनाउने योजना बनाएका भएपनि आफ्नो स्नातक तह पूरा गरेसँगै उनी मोडलिङ क्षेत्रतर्फ आकषिर्त भइन् र उनलाई एक मोडलिङ एजेन्सीले अनुबन्ध पनि गरेको छ ।टेलिभिजन कार्यक्रम सुपर मोडेलमा प्रवेश गरेपछि त उनको देशभर नै चर्चा चुलियो । उनलाई चीनमा तुइ तुइ को नामले चिनिन्छ ।
यसको अर्थ हुन्छ- लामा खुट्टा ।आफु हठात् इन्टरनेट सेलिब्रेटी भएको पाउँदा आफैलाई अनौठो लाग्ने गरेको उनी बताउँछिन् ।यति लामा खुट्टा भएप्नि उनी विश्वमै सबैभन्दा लामा खुट्टा भएकी महिलाको ताज भने पहिरिन पाउने अवस्था छैन । गएको वर्ष मात्रै अमेरिकी मोडेल ब्रुक बान्करले आफ्ना खुट्टा ४७ इन्च लामा भएको दाबी गरेकी थिइन् । विश्वमा सबैभन्दा लामा खुट्टा भएकी महिला भने रुसी पूर्व बास्केटबल खेलाडि स्वेत्लाना पांक्राटोभा हुन् । गिनिज बुकका अनुसार उनका खुट्टा ५१.९ इन्च लामा छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१