सलमानको लकेट लिलाम हुदैं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७२, बुधबार १०:२७

बलिउडको बहुप्रतिक्षित चलचित्र ‘बजरंगी भाइजानमा सलमान खानले गलामा लगाएको गधाको लकेट लिलाम गरिने भएको छ । केहि दिन अगाडी सार्वजनिक भएको टिजरमा सलमानले लगाएको हनुमानको हतियार गधाको लकेट एका एक हिट भएपछि उनको लकेट लिलाम गर्न लागिएको हो । यति बेला सलमानले लगाएको उक्त लकेट उनका फ्यानहरुले बजारमा नक्कली भएपनि खोजी खोजी किन्न थालेका छन् । चलचित्र निर्माण युनिटले उक्त लकेटलाई लिलामीमा लैजाने निर्णय गरेको हो ।

bajलकेट कहिले लिलामी गरिदैंछ र लिलामीबाट प्राप्त हुने रकम के गरिनेछ त्यो भने खुलाइएको छैंन । उक्त लकेट लिलामीको न्यूनतम मूल्य ७१,१५४ भारतिय रुपियाँ तोकिएको छ । निर्देशक कविर खानले भनेका छन्, ‘लकेट किन्नुको अलावा अर्को खुसीको खबर के छ भने, फ्यानले सलमानसँग सेल्फी पनि खिचाउन पाउनेछन् ।’ सेल्फी खिच्नका लागि सलमानले चाँडै अभियान नै सुरु गर्ने पनि बताइएको छ । पाकिस्तानबाट भारतमा आएर हराएकी एक बालिकाको कथामा निर्माण भएको बजरंगी भाइजानमा सलमानसगैं करिना कपुर, नवाजुद्दिन सिद्दिकीको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१