सोनाक्षी सिन्हाका थाहा नभएका २१ रोचक तथ्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार १२:३९

बलिउडकी पछिल्लो समयकी सर्वाधिक आकर्षक र चर्चित हिरोइन मध्येमा पर्छिन्, सोनाक्षी सिन्हा । उनका पिता शत्रुधन सिन्हा छोरी फिल्ममा नआओस भन्ने चाहन्थे । तर, जब सलमान खानले नै सोनाक्षीलाई फिल्मका लागि आग्रह गरे । उनले टार्न सकेनन् । सोनाक्षी दबंग गर्लका रुपमा बलिउडमा प्रवेश गरिन् । त्यसपछि उनले विभिन्न फिल्ममा अभिनय गरिसकेकी छन् । उनको सुन्दरताको र अभिनयको पनि चर्को तािरफ हुने गरेको छ । सोनाक्षी बलिउडकी ‘डि्रम गर्ल’ बनिसकेकी छिन् । उनका बारेमा थाहा नभएका यी २१ रोचक तथ्य

१. सोनाक्षी सिन्हाका पिता शत्रुधन सिन्हा उनकी छोरी फिल्ममा अभिनय गरोस । तर, जब सलमान खानले आग्रह गरे त उनले माने ।

२. सोनाक्षी सिन्हाले आफ्नो पितासँग प्रतिज्ञा गरेकी छन कि उनी परिवारको मान सम्मान पूरापूर ध्यान गर्नेछिन् । यही कारण उनले अहिलेसम्म फिल्ममा बिकीनी पहिरिएकी छैनन र चुम्बन दृश्य पनि दिएकी छैनन् । उनी फिल्ममा साइन गर्नुभन्दा पहिले नै निर्माता/निर्देशकसँग यो कुरा स्पष्टसँग राख्छिन् ।

३. फिल्म ‘दबंग’मा एक गाउँले युवतीको भूमिकामा फिट  हुन सोनाक्षीले ३० किलो वजन कम गर्नु परेको थियो । त्यही वर्ष उनलाई म्याक्सिम म्याग्जिनको इडियन अंकमा कभर गर्ल बनाइएको थियो । पहिलो उनको वजन ९० किलो थियो । यति धेरै वजन कम गर्न उनलाई करिब दुई वर्ष लाग्यो ।

४. बजन क मगर्न सोनाक्षीलाई सलमानले एकदमैं सहयोग गरेका थिए । उनी सोनाक्षीलाई खुब पैदल हिडाउथे ।

५. सोनाक्षी आफ्नी समकक्षी अभिनेत्रीहरुजस्तै साइज जिरोको वकालत गर्दिनन् । उनको भनाइ छ कि फिल्म इण्डस्ट्री अभिनय गर्नका लागि हो न कि वजन कम गर्न ।

६. सोनाक्षी फेशन डिजाइनिङमा ग्राजुयट हुन । उनले आफ्नो करिअर कस्टयुम डिजाइनरका रुपमा सुरु गरेकी थिइन । उनले सन् २००५ मा फिल्म ‘दिल लेके देखो’का लागि कस्ट्युम डिजाइन गरेकी थिइन । यसका साथै उनले मोडलिङ समेत गरिसकेकी छिन् । सन् २००८ र २००९ मा उनले लक्मे फेसन वीकमा भाग लिइसकेकी थिइन ।

७. सलमानसँग फिल्म ‘दबंग’बाट करिअर सुरु गरेकी सोनाक्षी भन्छिन्-सलमान उनीसँग एकदमै रिसाउछन्, जो उनलाई मन पर्दैन ।

८.सोनाक्षीलाई मायापूर्वक ‘सोना’ र ‘सटगन जुनियर’ भनेर बोलाइन्छ । उनका वुवा शत्रुधन सिन्हा उनलाई ‘सटगन’ भनेर बोलाउँछन् ।

९. सोनाक्षी तीन भाइबहिनीहरुमा सबैभन्दा कान्छी हुन । उनका दुई भाई लव सिन्हा र कुश सिन्हा जुम्ल्याहा हुन् । पटनामा जन्मिएकी सोनाक्षीको हुर्काइ भने मुम्बईमा भएको थियो ।

१०. फिल्म ‘दबंग’बाट लिएको साइनिङ रकम उनले सलमान खानको च्यारिटी संस्था ‘विइङ हृयुमन’मा दान दिएकी थिइन ।

११. सोनाक्षीलाई फोटोग्राफीको एकदमै सौख छ साथै उनी घुमफिर पनि एकदमै मन पराउँछिन् ।

१२. सोनाक्षी आफूसँगै एक अतिक्ति जोडी कपडा पनि राख्छिन् । उनलाई हमेशा डर रहन्छ कि केही यस्तो हुन सक्छ जतिबेला उनलाई अर्को जोडी कपडाको आवश्यकता पर्नेछ ।

१३. सोनाक्षी खानका लागि एकदमै सौखिन छिन् । उनलाई भारतीय र थाई खाना निकै मन पर्छ । कहिलेकाही उनी जंक फुड पनि खान डराउदिनन् ।

१४. सोनाक्षी पेन्टिङ गर्न पनि सौखिन छन्, उनी आफ्नो खाली समयमा पेन्टिङ गर्छिन ।

१५. सोनाक्षी आइटम नम्बरकी विरोधी हुन । तर, कुनै फिल्ममा सोलो डान्स गर्नका लागि उनलाई कुनै डर छैन ।

१६. सोनाक्षी बाल्य अवस्थादेखि नै साडी एकदमै मन पराउँछिन् । उनी साडीमा एकदमै राम्री देखिन्छिन् । ‘लुटेरा’ फिल्मको एउटा गीतमा उनले ९ अलग-अलग साडी पहिरिएकी थिइन । जसको मुल्य ३० हजारदेखि ३५ हजारको बीचमा थियो । कुल मिलाएर उनले यस गीतका लागि ९ लाख रुपैयाको साडी किनेकी थिइन ।

१७. सोनाक्षीकाअनुसार सोसल मिडियाको उदय कारण आजभोलिका फिल्म स्टारलाई त्यस्तो स्टारडम हासिल हुनेछैन जस्तो स्टारडम शाहरुख र सलमानजस्ता स्टारलाई मिलेको छ । उनीहरुको समयमा मिडियाको पहुँच कम थियो र दर्शक स्टारका विषयमा सधैं उत्सुक हुन्थे ।

१८. सोनाक्षी राजनीतिमा गहिरो रुची राख्छिन् साथै यसमा बहस गर्न पनि उनलाई मन पर्छ । तर, राजनीतिको भाग लिने उनको कुनै सोच छैन ।

१९. सोनाक्षीले केही सयम पहिले एक टाटु बनाएकी छिन् । जो उनको गर्दनको कलर बोनसँगै छ । यो एउटा सानो तारा छ ।

२०. सोनाक्षी गीत पनि गाउँछिन् । फिल्म ‘रियो २’मा उनले ‘ज्वेल’ नामका पात्रका लागि गीत गाएकी छिन् ।

२१. सन् २०१२ मा सोनाक्षीको नामा बण्टी सचदेवासँग जोडिएको थियो । जो डिभोर्सी हुन र सोनाक्षीभन्दा उमेरका पनि निकै बढी । एकदमै छोटो समय त उनको नाम रणवीर कपुरसँग पनि जोडिएको थियो । तर, यी हल्लाले कुनै आधार पाएनन् ।

वेब दुनियाँबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१