बन्न सक्छ सुविनको चर्चित कृति ‘समर लभ’ माथि चलचित्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार १०:२०

लेखक सुविन भट्टराईकोको चर्चित कृति समर लभमाथि पनि अब चलचित्र बन्ने भएको छ । स्रोतले बताए अनुसार हाल लेखक सुविन भट्टराई समर लभ कृतिमाथि चलचित्र निर्माण गर्न कसिएका छन् । निर्देशक एवं निर्माता विकास आचार्यसँग हाल सुविन छलफलमा जुटेका छन् । दशैं पश्चात छायांकन सुरु गरिने योजना बनाइएको चलचित्रलाई निर्देशक विकास आचार्यले निर्देशन गर्न सक्ने बताइएको छ भने चलचित्रमा नायक आर्यन सिग्देल मुख्य भुमिकामा रहन सक्ने छन् । हामीलाई प्राप्त खबर अनुसार चलचित्रमा नायिका केकी अधिकारी नायक आर्यन सिग्देलकी प्रेमीकाको रुपमा प्रस्तुत हुने छिन् ।

samar loveकेकीले केहि समय अगाडी मात्र समर लभको सिक्वेल सायाको विमोचन गर्दै आफुलाई केहि व्यक्तिले पुस्तक समर लभ माथी चलचित्र बनाउने कुरा गरेको खुलाएकी थिइन । उनले त्यति बेला भनेकी थिइन -‘समर लभको कथा सरल बगेका छन्। भट्टराईका कथाले युवाको प्रतिनिधित्व गरेका छन्। त्यसैले आफुसँग पुस्तक समर लभलाई चलचित्रमा ढाल्ने कुरा केहि व्यक्तिले चलाएका थिए । र म उक्त विषय प्रति सकारात्मक छु ।’ उनले अगाडी भनेकी थिइन -‘किताब पढ्दा हरेक युवायुवतीले आफूलाई कथाभित्र पाउँछन् त्यसैले भट्टराईका उपन्यास चलचित्र बन्न लायकका छन्।’ यसरी पुस्तक समर लभको सिक्वेल सायाको विमोचन कार्यक्रममा समर लभमाथी चलचित्र बन्नु पर्ने खुलाएकी नायिका केकी अधिकारीनै चलचित्रकी नायिका बन्न सक्ने बताइएको छ । तर यो कुराको औपचारिक पृष्टि हुन भने बाँँकी रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१