करिना कपुरले गरेका १० गल्ती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७२, सोमबार १२:४३

एजेन्सी । “यस्तो कुनै पनि अभिनेत्री छैन होला जसले मैले जति फिल्म छोडेको होस् । मैले आफ्नो करिअरमा थुप्रै फिल्म अरु हिरोइनलाई छोडेकी छु । मलाई लाग्छ म पागल हो ……म कुनै फिल्म गर्न चाहिन भने म गर्दिन बरु म घरमै बस्छु, पार्टी गर्छु वा अरु नै गरेर विताउँछु ।” यो भनाइ हो बलिउड अभिनेत्री करिना कपुरको । अहिले बेरोजगार हुन थालेकी कुनै बेलाकी सुपरस्टार करिना कपुरले करिअरका क्रममा गरेका १० गल्ती कुन् कुन् ?
१ फिल्म ‘कहो ना प्यार है’ मा करिना कपुरलाई साइन गरिएको थियो । तर करिनाले शुटिङ गर्न शुरु गरेपछि छोडेको रोल अमीषाले पाइन् । जुन पछि सुपरहिट बन्न पुग्यो ।
२ सञ्जय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’मा करिनालाई अफर आएको थियो तर करिनासँग कुरा नमिलेपछि ऐश्वर्या यो फिल्मबाट चम्किने मौका पाइन् ।
३ टाइम म्यागजिनमा १० वर्ष सम्म १० उत्कृष्ठ फिल्म बनिरहेको ‘ब्ल्याक’ र २ नेशनल अवार्ड जित्ते फिल्म पनि करिनाले अस्वीकार गरिन् र पछुताइन् ।
४ सञ्जय लीलाभन्सालीले आफ्नो सुपरहिट फिल्म ‘राम लीला’ मा पनि करिनालाई लिड रोल अफर गरेका थिए । तर करिनाले यो रोल मन नपरेको भन्दै अस्वीकार गरिन् तर त्यही फिल्ममा दिपीका र रणबीरले धमाका गरे ।
५ गत वर्ष थुप्रै अवार्ड पाएको ‘क्वीन’ मा पनि करिनालाई अफर आउको थियो । करिनाले अस्वीकार गरेपछि कङ्गनालाई प्राप्त यही फिल्मबाट उनले बेष्ट एक्ट्रेस अवार्ड जितिन् ।
६ फिल्म ‘कल हो ना हो’ मा नैनाको रोल अफर पाउँदा करिनाले अस्वीकार गरिन् । यही फिल्मले प्रिती जिन्टालाई सुपरहिट बनायो ।
७ फिल्म ‘दिल धडकने दो’ मा करिना कपुरले महत्पूर्ण रोलमा अफर पाउँदा करिनाले अस्वीकार गरिन् । उनले आफू यस्तो फिल्म नखेल्ने बरु लामो जिन्दगीमा अरु नै काम गर्ने भनेर अस्वीकार गरेको फिल्म पनि ब्लकबस्टरमा राम्रै गर्ने देखिएको छ ।
८ मधु भण्डारकरको फिल्म ‘फ्याशन’ मा करिनाले अस्वीकार गरेको रोलमा प्रियंका चोपडा भने सुपरस्टार बनिन् ।
९ करिनाले प्रेस ट्रष्ट अफ इण्डियासँगको अन्तर्वार्तामा आफूले फिल्म ‘शुद्धी’ छोडेर कुनै गल्ती गरेको जस्तो नलागेको बताएकी थिइन् । तर पछि त्यही शुद्धीले उनलाई पछुताउन पार्‍यो ।
१० शाहरुख खानको फिल्म ‘चेन्नई एक्सप्रेस’ मा लिड रोल पाएर अस्वीकार गरेकी करिनालाई पछुतो मात्र भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१