स्नातक तह द्वितीय वर्षको परीक्षाको आवेदन फाराम खुला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७२, आईतवार ११:३८

eduकाठमाडौँ,१० जेठ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तीन र चार वर्षे स्नातक तह द्वितीय वर्षको परीक्षाको आवेदन फाराम खुला गरेको छ । त्रिविले २०७२ सालको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह द्वितीय वर्षका मानविकी, व्यवस्थापन, विज्ञान, शिक्षाशास्त्र र कानुन संकायतर्फका नियमित तथा प्राइभेट र पूरा तथा आंशिक परीक्षा दिने क्याम्पसका परीक्षार्थीहरुले आफूलाई पायक पर्ने सम्बन्धित कार्यालय असार ७ गतेसम्म परीक्षा आवेदन बुझाउन भनेको छ । त्रिविले परीक्षा शुल्क नियमितका लागि ४७० रुपियाँ र प्राइभेटका लागि ९०० रुपियाँ प्रतिखण्ड तोकेको छ । यससम्बन्धी आज आइतबारको गोरखापत्रमा त्रिविले सूचना प्रकाशित गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१