टर्कीको कोइलाखानी विस्फोटमा मृत्यु हुनेको संख्या २ सय १ पुग्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७१, बुधबार ११:३७

३१, बैशाख- (एजेन्सी) । पश्चिम टर्कीको सोमा सहरमा कोइलाखानी विस्फोट पछि भएको आगलागीमा परी मृत्यु हुनेको संख्या कम्तिमा २ सय १ जना पुगेको बिबिसीले जनाएको छ ।त्यस्तै युक्त कोइलाखानीमा मंगलबार बिस्फोट भई आगो लागेको थियो । विस्फोटबाट अहिलेसम्म ८० जना मजदूर घाइते भएको टर्कीका उर्जामन्त्री तनिर यिलदिजलाई उद्दत गर्दै एजेन्सीहरुले जनाएका छन् । एजेन्सीहरुका अनुसार २ सय भन्दा बढी जमिन मुनी फसिरहेको र अन्यलाई सकुसल उद्दार गरिएको छ । विस्फोटको समयमा खानी भित्र ७ सय ८७ जना मजदूर कार्यरत थिए ।उक्त खानीमा विद्युत वितरण युनिटका कारण विस्फोट भएको टर्कीका एक अधिकारीलाई उद्धत गर्दै रोएटर्सले जनाएको छ । एजेन्सीहरुका अनुसार घटना भएको ठाउँ दुई किलोमिटर जमिन मुनी र मूलद्वार करिब चार किलोमिटरको दुरीमा रहेको छ । खानीभित्रको सुरुङमार्ग केही किलोमिटर लामो भएकोले उद्दार कार्यमा बाधा परेको मनिसा प्रोभिन्सका नेता चेङ्गिज एर्गनले बताएका छन् । उनको अनुसार खानी भित्रको स्थिती भयावह रहेकोले मर्नेको संख्या अझै बढ्ने अनुमान छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१