स्वास्थ्यक्षेत्रमा राजनितीक चलखेल हुनु दुखद कुरा : कमल थापा (फोटोफिचर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ चैत्र २०७१, शुक्रबार १३:५०

काठमाडौं,२७ चैत । विश्व स्वास्थ्य दिवशको सन्दर्भमा आज बोष्टर मिडियाले स्वास्थ्य क्षेत्रमा राजनितीक चलखेल विषयक बुहत अन्तरक्रिया तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 6राप्रपा नेपालका अध्यक्ष तथा सभासद् कमल थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्यक्षेत्रमा योगदान पुर्याउने ६ जना व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा डा.योगी विकाशनन्द,डा.भोला रिजाल,डा.दिर्घसिंह बम,डा.चेतनाथ अधिकारी,विक्रम बहादुर थापा (बरिष्ठ समाजसेवी),दावाछिरि शेर्पा (सगरमाथा आरोहि) रहेका छन् । सम्मान कार्यक्रमपछि कार्यक्रममा बोल्दैं अध्यक्ष कमल थापाले नेपाली राजनितीले अहिले स्वास्थ्यक्षेत्रमा निकै ठुलो प्रभाव पर्दै गरेको बताए ।

4

उनले अगाडी भने अहिले गाँउ गाँउमा समेत राजनितिक प्रभाब बढ्दैं गइरहेको छ त्यसैले स्वास्थ्य क्षेत्र कसरी अछुतो रहन सक्छ । स्वास्थ्य क्षेत्रमा राजनितिक हाबी हुदैं गएपछि यति बेला नेपालमा सञ्चालन भइरहेका मेडिकल कलेज देखी शिक्षण अस्पतालहरुले निपक्ष्य रुपमा काम गर्न नसकेको पनि उल्लेख गरे । अहिले शिक्षा क्षेत्रमा बढ्दैं गएको राजनिती चलखेलले स्वास्थ्यक्षेत्रमा नराम्रो सँग असर परेको उनले बताए । अध्यक्ष थापाले सम्मानित भएका सम्पुर्ण व्यक्तिहरुलाई पनि बधाई र शुभकामना दिएका थिए । त्यस्तैं कार्यक्रममा बोल्दैं सभासद् गीता रानाले स्वास्थ्यक्षेत्रमा राजनितीक हाबी हुनु निकै दुखत कुरा रहेको बताइन । स्वास्थ्यक्षेत्रलाई राजनितीबाट टाढा राखिनु पर्ने बताउदैं सभासद् रानाले अहिले कुनै पनिक्षेत्र राजनितिक चलखेलबाट टाढा हुन नसकेको पनि उल्लेख गरेकी थिइन ।

1त्यस्तैं कार्यक्रममा सम्मानित भएका व्यक्ति डा.स्वामी विकाशनन्दले स्वास्थ्यक्षेत्रमा राजनितीक हाबी हुुन दिनु आफुहरुनै जिम्मेवार रहेको बताए । उनले अगाडी भने हामीले खानपान र दैनिकीमा मात्र ख्याल गर्ने हो भने विरामी नै हुदैंनौं अनि स्वास्थ्यक्षेत्रमा राजनितीक हाबी हुनै पाउदैन् । सोहि कार्यक्रममा बोल्दैं पूर्वमन्त्री तथा सभासद् मोहनसिंह राठौरले स्वास्थ्यक्षेत्र राजनिती चलखेलबाट टाढा रहनु पर्ने बताए ।

5जबसम्म स्वास्थ्यक्षेत्रमा राजनिती चलखेल चलिरहन्छ तबसम्म नेपालमा स्वास्थ्यक्षेत्रको विकास सोचेअनुरुपमा हुन नसक्ने दाबी उनले गरे । मेडिकल कलेज देखी शिक्षण अस्पतालहरु राजनितीक दलहरुको हुन थाले अनि राजनितिक रुपमै मेडिकल चल्न थालेको उल्लेख गदैं सभासद् राठौरले अबका दिनहरुमा स्वास्थ्यक्षेत्रबाट राजनिति चलखेल कम हुनु पर्ने बताए । त्यस्तैं सोहि कार्यक्रममा बोल्दैं पूर्वमन्त्री रामकुमार श्रेष्ठले अहिले स्वास्थ्य क्षेत्रमा निकै चर्को शुल्क रहेको र जनताको ढाड सेकाउने काम भइरहेको उनले बताए थिए । अहिलेको स्वास्थ्यक्षेत्रको तस्विर हेर्ने हो भने त्यो छबि राम्रो नभएको उल्लेख गर्दै पूर्वमन्त्री श्रेष्ठले स्वास्थ्यक्षेत्रमा राजनितीक चलखेल हुन नदिन जनताहरुनै अग्रसर हुनु पर्ने बताए ।
3कार्यक्रममा हाँस्य कलाकार श्रिकृष्ण सिम्खडाले पनि आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले स्वाथ्यक्षेत्रमा भएको राजनितिक चलखेलले नेपालको स्वास्थ्यक्षेत्रनै धरासाहि बन्दैं गरेको बताएका थिए । कार्यक्रममा बोष्टर मिडियाका सल्लाहाकार शिव अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१