स्वाइन फ्लुका बिरामी घटेपछि हेल्प डेस्क हटाइयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७१, बिहीबार १४:१३

चितवन, २६ चैत  । स्वाइन फ्लुका बिरामी घटेपछि चितवनको भरतपुर अस्पतालमा स्थापना गरिएको हेल्प डेस्क हटाइएको छ । बिरामी घटेर हेल्प डेस्क प्रभावविहीन जस्तै भएपछि हटाइएको जनस्वास्थ्य कार्यालय चितवलने जानकारी दिएको छ । सुरुमा अत्यधिक मात्रामा बिरामी आउने गरेकाले उनीहरुको सहजताका लागि फागुनको अन्तिम साता यहाँ हेल्प डेस्क स्थापना गरिएको थियो ।

तर अहिले बिरामीको सङ्ख्या घटेकाले डेस्क हटाइएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताउनुभयो । चैतको दोस्रो सातादेखिनै हेल्प डेस्कमा सोधपुछका लागि बिरामी आउन छाडेका थिए ।

अहिलेसम्म चितवनमा ४५० को परीक्षणमा १५३ जनामा स्वाइन फ्लु भएको छ । भरतपुर अस्पतालको स्वाइन फ्लु रेस्पोन्स टिमका सदस्य डा भोजराज अधिकारी अहिले जिल्लामा स्वाइन फ्लु अन्य रुघाखोकी जस्तै सामान्य भइसकेको बताउनुहुन्छ । उहाँले सावधानी अपनाउन भने सबै साधारणलाई आग्रह गर्नुभएको छ ।

चिकित्सकले मुख्य गरी रुघा लाग्ने र ज्वरो आउने भएमा तीनदेखि पाँच दिनसम्म घरैमा झोलिँदो पदार्थ खाने र ठीक नभएमा तुरुन्त अस्पताल जान सल्लाहसमेत दिएका छन् । भरतपुर अस्पतालले सबै उपचार निःशुल्क हुने भएकाले सर्वसाधारणलाई उपचारका लागि नहिचकिचाउने सबैमा अनुरोधसमेत गरेको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१