किन आउछ अमिलो डकार ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७१, आईतवार १३:५९

अमिलो डकार आउनु वा छाती पोल्नु भनेको स्पष्ट रूपमा पाचन समस्या हो, जसले व्यक्तिलाई असजिलो मात्र पार्दैन समाधान गरिएन भने गम्भीर स्वास्थ्य विकारको कारण बन्न सक्छ । नेपालमा अधिकांस मानिसहरुमा ग्यास्टिकको समास्याले सताउने गरेको छ । जसले गर्दा धेरै मानसिक परिश्रम गर्ने, चिया, कफी, रक्सी, चुरोट, खैनी, धेरै मात्रामा सेवन गर्ने, बासी खाना या अत्यधिक मसलादार खाना खादा ,राति धेरै समयसम्म निद्रा मार्दा ,मन नलागेको खाना जबरजस्ती खादाँ मानिसहरलाई ग्यास्टिकले बढि सताउने गर्दछ । यसप्रकार अपच रोगको कारणमा मानसिक एवं शारीरिक गलत जीवनशैलीलाई लिन सकिन्छ । एक- दुई दिन अम्लीय समस्या भएमा सामान्य नै हुन्छ तर लामो समय यो समस्या रहनु राम्रो होइन ।

helthअम्लीयता बढेमा छाती पोल्ने वा दुख्ने, खाने नली पोल्ने, अमिलो डकार आउने, खाना अड्किएको महसुस हुने, वाक्वाकी लगायतका लक्षण देखिन्छन् । खानालाई तल जान दिने तर माथि आउन नदिने आमाशयमाथि रहेको मांशपेशी पूरै बन्द नहुँदा अम्ल चुहिएर खाने नलीमा आउनाले उल्लेखित लक्षण उत्पन्न हुने गर्छ । यसैगरी आन्द्राको तल्लो भागमा उत्पन्न हुने समस्या इरिटेबल बाउल, सिन्ड्रोमले गर्दा पेटको तल्लो भाग दुख्ने, कब्जियत हुने, झाडापखला लगायतका विकार उत्पन्न हुन्छ । पेटमा अम्लीयता बढ्नु र इरिटेबल बाउल सिन्ड्रोममा केही खाद्यवस्तु र खाद्यवस्तुमा मिसाइएका रसायन उत्तरदायी हुन्छन् । फ्राइ गरिएका खाद्यवस्तु खानु हुँदैन । मासु र दुग्धजन्य पदार्थ खानु हुँदैन, प्रशोधन तथा सेकिएका खाद्यवस्तु खानुहुँदैन । कफी र अल्कोहल खानु हुँदैन, मोनोसोडियम ग्लुटामेट र अन्य कृत्रिम रसाउन खानु हुँदैन । यस अतिरिक्त पेट स्वस्थ राख्ने हो भने टन्न पेटभरि खानु हुँदैन । हल्का खाना खाने र त्यो पनि राम्रोसँग चपाएर खानुपर्छ । खाना खाएलगत्तै सुत्ने गर्नु हुँदैन । सुत्नैपर्ने भएमा बायाँ कोल्टे पारेर सुत्न सकिन्छ । तर, खाना खाएपछि केही बेर हिंड्नु राम्रो हुने एजेन्सीहरूले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१