भान्सामा औषधी- गाजर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७१, सोमबार ११:३९

स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुन सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । तर दैनिक जीवनमा नियमित थोरै मात्र ध्यान दिन सके स्वास्थ्य बिग्रन पाउँदैन र, निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा पैसा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको सुरक्षित प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यस्तै सजिलै उपलब्ध हुने गाजर स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।

गाजरको सेवन स्तन क्यान्सरको सुरुवाती चरणमा लाभप्रद हुन्छ । गाजरमा रेटोनाइड अम्ल पाइन्छ । वैज्ञानिकहरुका अनुसार महिलाको स्तन क्यान्सरको कारक कोशिकामा हुने प्रारम्भिक परिवर्तनलाई यो अम्लले रोक्न सक्छ । यो अम्ल भिटामिन ए सँगै निस्कन्छ । कोशिकाको विकास, विस्तार र जीवनलाई प्रभावित गर्ने रसायन हाम्रो छालालाई पुन युवा बनाउँनमा काम आउँन सक्छ । यो रसायनको एउटा सानो मात्रा एन्टिरिंकल (चाउरी हटाउँने) क्रिममा समेत उपयोग हुन्छ । वैज्ञानिकहरुका अनुसार यो अनुसन्धानको लक्ष्य यो तथा यस्तै प्रकारका अन्य रसायनको सहयोगको क्यान्सरको उपचार खोज्नु हो । मुख्य वैज्ञानिक फिलाडेल्फियाका फाक्स केस क्यान्सर सेन्टरका डा. सेड्रा फर्नान्डेसका अनुसार यदि क्यान्सर बढी मात्रामा वृद्धि भएको छ भने रेटोनोइक अम्लको माध्यमले त्यसको विकास क्रमलाई परिवर्तन गर्न सकिदैन । उनी के भन्छन् भने रेटोनोइक अम्ल क्यान्सरको प्रारम्भिक चरणमा सफल छ र यसले यो कोशिकाको वृद्धि हुने प्रक्रियालाई उल्ट्याउँन सक्छ ।

gareयसका साथै गाजरलाई एन्टीअक्सिडेन्ट यौगिक र भिटामिन ए क्यारोटिन्सको मुख्य स्रोतका रुपमा पनि हेरिन्छ । यसमा भएको पदार्थले मुटु समन्धी रोग घटाउँनुका अतिरिक्त आँखाको राम्रो दृष्टि ल्याउँने कार्यमा पनि सहयोग गर्छ । मुख्यतया गाजरको प्रयोगले रतन्धो हुन दिदैन । मधुमेहका रोगीका लागि पनि गाजर लाभप्रद हुन्छ ।

इतिहास
गाजरलाई हजारौं बर्ष पहिले देखि खानमा उपयोग गरिदै आएको विश्वास गरिन्छ । सर्वप्रथम यसको प्रयोग मध्य एसियामा भएको मानिन्छ । तर त्यसबेला प्रयोग हुने गाजर अहिलेको भन्दा भिन्न थियो । अहिले हामीले प्रयोग गर्ने गाजर अफगानिस्तानबाट सुरु भएको हो । त्यसपछि यसलाई भुमध्यरेखिय क्षेत्रहरुमा रोप्ने र प्रयोग गर्ने चलनको सुरुवात भयो । प्राचीन ग्रिक र रोमन सभ्यतामा यसलाई औषधीको रुपमा प्रयोग गरिन्थ्यो । युरोपमा भने गाजरको इतिहास त्यती पुरानो छैन । युरोपको पुनजागरणकाल भन्दा अगाडीसम्म गाजरको प्रयोग नभएर त्यस पछि मात्र गाजरको प्रयोगमा व्यापकता आएको हो । ब्रिटिशको उपनिवेश पछि गाजरको प्रयोग विश्वव्यापी भयो । अहिले, अमेरिका, फ्रान्स, इङ्गल्याण्ड, पोल्याण्ड, चिन र जापान गाजरका मुख्य उत्पादक मुलुक हुन् ।

कसरी छान्ने र संग्रह गर्ने
गाजर आकार मिलेको, चिल्लो तथा तुलनात्मक रुपमा सिधा र चम्किलो हुनु पर्छ । जति गाढा सुन्तला रगंको गाजर हुन्छ, त्यसमा त्यती नै ज्यादा क्यारोटिन पाईन्छ । गाजरलाई फ्रिजमा संग्रह गर्दा प्लास्टिकको झोलामा हावा नछिर्ने गरि राखेर फ्रिजको ज्यादा चिसो हुने भागमा राख्नु पर्छ । पात छ भने पातलाई हटाउँनु पर्छ । यसरी राख्दा गाजर दुइ हप्तासम्म ताजा हुने गर्छ । गाजरलाई अन्य फलफुल जस्तै स्याउ, आरु, आलु तथा अन्य इथिलिन उत्पादन गर्ने फलफुलका प्रजातीसँग राख्न हुदैन । यी फलफुलहरुको कारणले गाजरको स्वाद तितो हुने गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१