‘ढुक्क भएर बंगुरको मासु खानुहोस् ‘-पशु स्वास्थ्य निर्देशनालय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७१, शुक्रबार १०:१५

काठमाडौं , २९ फागुन । स्वाईन फ्लु मानिसबाट मानिसमा मात्रै सर्ने भएकाले यो रोग सार्न सुंगुर बंगुरको कुनै भुमिका नहुने सरकारले स्पष्ट पारेको छ । पशु स्वास्थ्य निर्देशनालयले सार्वजनिक सूचना नै निकालेर यसबारे स्पष्ट पारेको हो ।निर्देशनालयले निकालेको सूचनामा बंगुरपालन, विक्रि वितरण, मासुको उपभोग तथा अरु व्यवस्थापन गर्ने गराउने कार्यबाट यो रोग नलाग्ने भएकाले किसान, संकलक, ढुवानीकर्ता, मासु व्यवसायी र उपभोक्तालाई ढुक्क भएर बंगुर व्यवसाय गर्न तथा मासुको प्रयोग गर्न आग्रह गरिएको छ ।

safe_imageभाइरस सबैभन्दा पहिला सुंगुरबाट निस्किएकाले सहजताका लागि मात्र यसको नाम स्वाइन फ्लु बस्न गएको डाक्टरहरुले बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डाक्टर गीता शाक्यका अनुसार यो भाइरसको वास्तविक नाम इन्फ्लुएन्जा ए एचवान एनवान पाण्डेमिक २००९ हो ।
टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले पनि स्वाइन फ्लु सुंगुर, बंगुरबाट मानिसमा नसर्ने भएकाले ढुक्क हुन सुझाव दिनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१