मोदी जिताउन ज्ञानेन्द्र शक्रिय, पहिलो लटमा पुर्वराजाबाट पाँच करोड सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ बैशाख २०७१, शुक्रबार १४:५३


पहिलो लटमा पुर्वराजाबाट पाँच करोड सहयोग

काठमाडौं, १९ वैशाख । भारतका प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीलाई जिताउन नेपालका पुर्व राजा ज्ञानेन्द्र शाहले आर्थिक, भौतिक र नैतिक सहयोग गरिरहेको खुलासा भएको छ । भारतमा मोदीले विजय हासील गरेमा नेपालमा राजतन्त्र फर्काउन सजिलो हुने विश्वासका साथ पुर्व राजाले मोदीलाई सहयोग गरिरहेको राजावादी सुत्र बताउँछ ।
नेपालका राजाबादीहरु भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री हुने, नेपालमा दलहरु असफल हुने र राजतन्त्र फर्काउने वातावरण बन्ने आश गरेर बसेका छन् । हालै राजावादीहरुको एक भेलाले मोदीलाई सहयोग गर्ने निर्णय गरेको भेलामा सहभागी एक प्रतिनिधिले बताए । उनका अनुसार लोकसभामा बाराणसी(बनारस)बाट खडा भएका मोदीलाई जिताउन पुर्व राजा ज्ञानेन्द्रले पहिलो लटमा पाँच करोड रुपैयाँ सहयोग पठाएका छन् ।
‘पहिलो चरणमा पाँच करोड पठायौं, थप रकम सहयोग गर्न पुर्व राजा तयार होइबक्सन्छ’, ति राजावादीले भने, ‘बनारसमा रहेका नेपाली समुदायलाई मोदीको पक्षमा परिचालीत हुन सरकारबाट हुकुम बक्स भएको छ । जसरी हुन्छ मोदीलाई जिताउन कुनै कसर बाँकी नराख्न भनीबक्सेको छ ।’ राजावादीहरु विभिन्न धार्मिक अनुष्ठान, यज्ञ यज्ञादिका नाममा बनारसमा मोदीको प्रचारमा जुटेका छन् । उनीहरुलाई बनारसमा रहेका राजावादी व्यवसायीले सहयोग गरिरहेको बुझीएको छ । मोदीलाई आर्थिक र भौतीक सहयोग गर्न विराटनगरका एक राजावादी उद्यमी अचेल निकै शक्रिय भएको पनि बुझीएको छ । मोदीको समर्थनका लागि विराटनगर र भैरहवा, सुनौलीलाई राजावादीहरुले विशेष अखाडा बनाइरहेका छन् ।

चलखेल सुरु
पुर्व राजा ज्ञानेन्द्रले हालै मात्र बाराको सिसहनियामा रहेको सुरेश्वरनाथ महादेव मन्दिरमा पुजा गर्न गएका बेला पत्रकारसँग भारतमा मोदीको विजय सुनिश्चीत भएको बताएका थिए । उनले भारतमा हिन्दुबादी नेता मोदीको शासन आउने र नेपालमा पनि त्यसको प्रभाव पर्ने दावी गरेका थिए । त्यहाँ पुर्व राजाको स्वागतमा ठुलो जनसमुहले ‘राजा आउ देश बचाउ’को नारा लगाएको थियो । पुर्व राजाको सुरक्षाको लागि व्यापक सुरक्षाकर्मी परिचालीत गरिएको थियो । त्यसबेला उनले भनेका थिए, ‘म जनताको सुख, शान्तिका लागि पुजा गर्न आएको हुँ । जनता अब यसरी चुप लागेर बस्दैनन । उनीहरुले आफ्नो निर्णय दिन्छन् । हेर्दै जाउँ, भारतमा पनि चुनाव हुँदैछ । त्यसको प्रभाव यहाँ पर्ने नै छ ।’
राजाको यस्तो भनाइको भने दलहरुले आपत्ति जनाइसकेका छन् । उनले राजाको प्रतिगामी सोच बताउँदै उनको शक्रियताको विरोध गरेका छन् ।

राजा फर्काउने रोडम्याप
शिवसेना र स्वयंसेवक संघको दरिलो साँगठनीक समर्थन बोकेको भारतीय जनता पार्टी नेपालमा हिन्दु राष्ट्र कायम भएको हेर्न चाहन्छ । त्यसका लागि भाजपाका नेता र पुर्व राजा ज्ञानेन्द्रवीच राजतन्त्रसँगै हिन्दु राष्ट्र फर्काउने रोड म्यापका बारेमा पनि सहमती भएको बताइन्छ । जस अनुसार नेपालमा संविधान निर्माण प्रकृयाका क्रममा नमिलेका बुँदामा जनमत संग्रहको सम्भावना बढनेछ । संघीयता, शाषकीय स्वरुपलगायतका विषयसँगै गणतन्त्र की राजतन्त्र ? र हिन्दु राष्ट्र या धर्म निरपेक्षता ? भन्ने विषय पनि जनमत संग्रहमा समावेश गर्ने । राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा जनमत उर्लीने बातावरण बनाएर भए पनि राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापीत गर्ने योजना रहेको एक राजाबादीले बताए । उनले भने, ‘पुर्व राजाले बारम्बार जनताले चाहेमा राजतन्त्र फर्कनसक्ने अथवा जनताको इच्छा बमोजिम चल्ने भनेर भनीबक्सनुको कारण यही हो । जनमत संग्रहबाट जनताले नै राजतन्त्र फर्काउने कुरामा ज्ञानेन्द्र सरकार विश्वस्त होइबक्सन्छ । भारतमा मोदी प्रधानमन्त्री बनेमा यो रोडम्यापले आकार लिनेछ ।’
केही समयअघि आफन्तको विवाह समारोहमा सहभागी हुने क्रममा पुर्व राजा ज्ञानेन्द्रले दिल्ली र जयपुरमा भाजपाका केही नेता र मोदीका खास मानिसलाई भेटेको सुत्र बताउँछ । त्यसबेला मोदीका खास प्रतिनिधिले केही समय धैर्य गर्न पुर्व राजालाई आश्वासन दिएका थिए । सुत्रका अनुसार उनले भनेका थिए, ‘भारत मै अभी इलेक्सन होने जा रहा है, कुछ दिन इन्तजार किजिए, मोदीजी जितेगें ते नेपाल मैं राजशाही वापस लाने और हिन्दु राष्ट्र लौटाने के लिए हम पहल करेंगे । आप निश्चीन्त होइए ।’

सहयोग आदान प्रदान
राजतन्त्र फर्काउने दाउमा रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले गएको दशैंताका भाजपा नेता एवं गुजरातका मुख्यमन्त्री मोदीलाई भेटेर नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र बहालीका लागि प्रभावकारी सहयोग गर्न आग्रह गरेका थिए । मोदीले पनि नेपाललाई हिन्दु राष्ट्र बनाउन सहयोग गर्ने बचन दिएको कमल थापाले दावी गरेका थिए ।
बडा दशैंको अष्टमीका दिन अर्थात गत असोज २६ गते भारतका धार्मिक गुरु पण्डित शिव शंकरले बैंगलोरमा आर्ट अफ लिभिङसम्बन्धी कार्यक्रम राखेका थिए । त्यो कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापालाई प्रमुख अतिथिको रुपमा डाकिएको थियो । सोही कार्यक्रममा सहभागी हुने क्रममा अहमदाबादमा थापाले भारतीय जनता पार्टीबाट निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार बनेका नरेन्द्र मोदीसँग भेट गरेका थिए ।
बैंगलोरको कार्यक्रम सकेर फर्कने क्रममा थापाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै आफुले मोदीलाई भेटेको रहष्य खोलेका थिए । कमलले पत्रकारहरुसँग भनेका थिए, ‘भारतका भावी प्रधानमन्त्री मोदीजीसँग उहाँकै निवासमा मेरो एक घन्टा कुराकानी भयो । हिन्दु राष्ट्र बहालीका लागि आफनो सद्भाव रहेको मोदीले बताउनुभयो । विश्वका एक अर्ब आठ करोड हिन्दुहरुको भावना पनि नेपाल हिन्दु राष्ट्रकै रुपमा रहोस भन्ने रहेको मोेदीजीको भनाइ रहयो ।’
राप्रपा नेपाल सुत्रका अनुसार नेपालमा हिन्दु राष्ट्र बहालीका लागि आर्थिक र भौतीक सहयोगका लागि थापाले मोदीसँग आग्रह गरेका थिए । मोदीले पनि आवश्यक सहयोग गर्ने बचन दिएका थिए । निर्वाचनमा शिव सेना कार्यकर्ता, गाडी र आर्थिक सहयोग गर्ने बचन दिइएको थियो । राप्रपा नेपालले केही समय पहिले भारतीय जनता पार्टीकै शैली अपनाएर नेपालमा रथ यात्राको आयोजना गरेको थियो । त्यो रथ यात्राका लागि भारतीय बाबाहरुको सहयोग थियो ।
पछिल्लो कालखण्डमा राप्रपा नेपाल राजतन्त्र फर्काउने मुद्दामा अली उदार भएको र हिन्दु राष्ट्रको मुद्दा मात्र समातीरहेको देखिन्छ । यही कारण राप्रपा नेपालसँग कट्टर राजावादीहरु रुष्ट देखिन्छन् । कमल थापाले राजतन्त्रको लाइन छाडने खतरा बढेपछि टंक ढकालहरु शक्रिय भएको पुर्व राजाका निकटवर्ती सुत्र बताउँछ । यद्यपी, थापाले बेला बेलामा आफुले राजतन्त्रको लाइन नछाडेका बताउँदै आएका छन् ।

reporters nepal बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१