काठमाडौंमा स्वाइनफ्लुबाट एक महिलाको मृत्यु,अस्पताल भन्छ-‘अब यसले महामारीको रुप लिन सक्छ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७१, आईतवार १३:४९

काठमाडौं,१७ फागुन । भारत हुदैं नेपाल भित्रिएको स्वाइनफ्लुबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ । काठमाडौंको मोडल अस्पतालमा उपचार गर्दागर्दै काठमाडौं क्षेत्रपाटीकी ५० बर्षीया महिलाको शनिबार मृत्यु भएको हो । विभिन्न ठाँउहरुमा विभिन्न व्यक्तिहरुलाई स्वाइनफ्लुको संक्रमण देखिरहेको अबस्थामा हालसम्म भने नेपालमा यसको संक्रमणबाट कसैको मुत्यु भएको थिएन । केहि दिन अगाडी देखी रुघा लाग्ने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या भएपछि उनलाई १५ दिनअघि अस्पताल भर्ना गरिएको थियो तर अस्पताले बिहिबार मात्र उनलाई स्वाइन फ्लु भएको पुष्टि गरेको थियो ।

modelउनको आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको बताइएको छ । भारत हुदैं नेपाल भित्रिएको स्वाइनफ्लु संक्रमित नेपालमा मात्रै ३० जना भन्दा बढि रहेका छन् तर हालसम्म कसैको मुत्य भने भएको थिएन । अस्पतालका चिकित्सकहरुले अब काठमाडौं स्वाइनफ्लुको संक्रमण अझ बढ्दैं जाने बताएका छन् । चाडें यसको रोकथाम गर्न नसके यसले महामारीको रुप समेत दिने महाशाखा प्रमुख बाबुराम मरासिनीले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१