स्वास्थ्य संस्थाका लागि अल्टासाउण्ड हस्तान्तरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७१, आईतवार १४:३४

नारायण रिजाल,१० बागलुङ । ग्रामिण भेगका स्वास्थ्य संस्थामा स्वास्थ्य सेवाको प्रभावकारी बढाउने उद्देश्यका साथ वनहर्ट वल्ड वाईड नेपालले आज एक कार्यक्रमका विच जिल्ला स्वास्थ्य कार्यालय बागलुङलाई अल्टासाउण्ड(भिडियो एक्सरे) मेसिन प्रदान गरेको छ । जिल्लाको बुर्तिबाङ र कुश्मिसेरा प्राथमिक केन्द्रको लागि करिब ४ लाख बराबरका २ वटा अल्टासाउण्ड मेसिन प्रदान गरेको हो । विशेष गरी ग्रामिण भेगका महिलाहरु गर्भवति भए पश्चात बच्चाको अवस्था कस्तो छ त्यो समयमानै पत्ता लगाउन अस्टासाउण्ड मेसिन द्धारा सहज हुने हुँदा सुरक्षित मातृत्व कार्याक्रमलाई लक्षित गरी यो मेसिन प्रदान गर्न लागेको वनहर्ट वल्ड वाईड नेपालका निर्देशक सुर्य भट्टले जानकारी दिनुभयो । उहाँले हाल जिल्लाको बुतिबाङ र कुश्मिसेरामा कार्यरत स्वास्थ्य कर्मिहरुलाई राष्ट्रिय तालिम केन्द्र बाट अल्टासाउण्ड सम्बन्धि तालिम प्रदान गरिसकेकोले अव निरन्तर सेवा सुचारु हुने बताउनुभयो ।

downloadकार्यक्रममा अमेरिकन हेड अफिसको आर्लिन आमिले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठलाई २ थान अल्टासाउण्ड मेसिन हस्तान्तरण गर्नुभएको थियो । वनहर्ट वल्डवाईड लाई धन्यबाद दिँदैै जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले स्वास्थ्य क्षेत्रमा यस संस्थाले निकै सहयोग गरेको बताउनुभयो । साथै उहाँले जिल्लाको ग्रामिण भेगका महिलाहरुलाई गर्भाअवस्था लगायत अन्य अवस्थामा पनि आफ्नो स्वास्थ्यको अवस्था सहज रुपमा थाहा पाउन सक्ने बताउनुभयो ।
वनहर्ट वल्डवाईडले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित मातृत्वको क्षेत्रमा बर्थिङ सेन्टर स्थापना लगायतका कार्यमा निकै सहयोग गदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१