जसले प्रेममा दिन्छ धोका, ऊ बन्नसक्छ राजनेता !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार ११:०४

एजेन्सी,२० माघ । यदि तपाईंले कसैलाई प्रेममा धोका दिनु भएको छ भने तपाईं राजनेता बन्न सक्नुहुन्छ । सुन्दा आश्चर्य किन नलागोस्, यो एउटा रिसर्चको निष्कर्ष हो । डेलिस्टारमा छापिएको रिपोर्टका अनुसार प्रेममा धोका दिने व्यक्ति राम्रो राजनेता बन्न सक्छ । मनोवैज्ञानिक लूसी रेडफोर्डका अनुसार यस्ता व्यक्तिलाई लाग्छ कि ऊ जसलाई पनि धोका दिनसक्छ र बिना कुनै विवाद relationत्यसबाट बाहिर निस्किन पनि । उनीहरुमा आफू कुनै समस्यामा परे त्यसबाट आफैं छुटकारा पाउन सक्ने हिम्मत र आत्मविश्वास पनि हुन्छ । यस दौरान १००० मानिसमा यो रिसर्च गरिएको थियो, जसले कुनै न कुनै समय प्रेममा धोखा दिएका थिए । रिसर्चर यस कुराबाट थप अचम्ममा परे धोकेबाज हजार प्रेमी मध्ये २ सय ३५ जना राजनीतिमा पाइए । जसमा सरकारी विभाग, संसदीय कार्य, राजनीतिक प्रतिनिधि र लोकल काउन्सलरसमेत सामेल थिए ।

क्लेर पेज नामक एक डेटिङ साईटने यस बातमा मोहर लगाएको छ कि हाई–प्रोफाइल राजनेताले उनीहरुको माध्यबाट अपरिचित महिलाहरुसँग डेट गर्ने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१