आशंकाको भरमा दायर ‘मुद्दा’ असफल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार १०:५९

काशी पोख्रेल

बाके । मानव वेचविखनमा संलग्नहरुको स्पष्ट पहिचान नगरेर मुद्दा दायर नहुँदा मानव वेचविखनका मुद्दा असफल हुने गरेको अनुसन्धानले

देखाएको छ । अभियुक्तको पहिचान
नगरी आंशकाको भरमा मुद्दा दायर गरेका कारण पीडितले न्याय र पीडकलाई
कारवाही गर्न असहज भइरहेको न्यायाधीशहरुको भनाईलाई उदृढ गर्दै अनुसन्धानमा उल्लेख छ ।
बाँके जिल्ला अदालतका न्यायाधीश हरि प्रताप केसीले अभियुक्तको बास्तविक पहिचान नगरि हचुवाको भरमा मुद्दा दायर गरेका कारण धेरै मुद्दा असफल हुने
गरेको जानकारी दिए । अभियुक्तको पहिचान गरि मुद्दा दायर गर्न सुझाव दिँदै न्यायाधीश केसीले हचुवाको भरमा मुद्दा चलाउँदा दोषी उम्कने र निर्दोष फस्ने सम्भावना हुने बताए ।
‘आशंकाको आधारमा दायर भएका मानव बेचविखनका मुद्दा कमजोर हुने गरेका छन्’ न्यायाधीश केसीले भने, ‘विना प्रमाण अनुमानको आधारमा मुद्दा दायर गर्दा मुद्दा असफल भई पीडितहरु न्याय पाउन सकिराखेका छैनन् ।’
मानव बेचविखनका मुद्दामा लिखित प्रमाण समेत संकलन नगरिएको अवस्था छ । ‘मानव वेचविखन मुद्दा असफलताको स्थिति अनुसन्धानमुलक अध्ययन’ नामक पुस्तकमा भनिएको छ ‘लिखित प्रमाण संकलन गरिएको अवस्था ८ प्रतिशतमात्र छ । ९२ प्रतिशत मुद्दामा प्रमाण संकलन नै नगरेको फेला परेको छ ।’
प्रतिवादीहरु फरार रहनुले अनुसन्धान फितलो हुने गरेका छन् । अभियुक्तलाई पक्राउ गरी समयमा बयान लिन नसकेका कारण अदालतमा उपस्थित हुने प्रतिवादीले आफू विरुद्दका प्रमाण नष्ट गरी इन्कारी बयान दिँदा मुद्दा असफल हुने गरेको न्यायाधीशले जनाएका छन् ।
‘अभियुक्त पक्राउ गर्नुभन्दा पीडितको आँखामा न्याय गरेको देखाउन मुद्दा अदालतमा पु¥याई दर्ता गरेमा मुद्दा
सफल जनाउने अनुसन्धान अधिकारीको सोँचले अन्ततः मुद्दा असफल हुने गरेको अध्ययनबाट देखियो’ अनुसन्धानमा संलग्न सह–न्यायाधिवक्ता महेश शर्मा पौडेलले भने ।
मानव बेचविखन मुद्दामा प्रतिवादीले अपराध गर्दा सामान्यतया लिखित प्रमाण राखेर गरेको अवस्था नभए पनि प्रतिवादीले पीडितलाई अपराधको प्रारम्भिक चरणमा सम्पर्क गर्दा हुने पत्राचार, लैजाने लागेको टिकट, फोन सम्पर्क समेत गरेको अवस्थामा कल डिटेल लगायतका कार्य प्रकृतिलाई परीक्षण गराई अनुसन्धान
नगरेका कारण पीडकको पहिचान हुन नसकेको अनुसन्धानले देखाएको छ ।
मानव वेचविखनका मुद्दामा पीडितको गोपनियतामा समेत ख्याल नगरेको पाइएको छ । ‘अति सम्बेदनशील ६० प्रतिशत मुद्दामा पीडितको नाम, ठेगाना, पेशा खुलाइएको फेला परेको छ’ अनुसन्धानमा संलग्न
सह–न्यायाधिवक्ता कृष्णजीवी घिमिरेले भने, ‘बेपत्ता भएको भनिएकाहरुको समेत नाम गोप्य नराखिएको देखियो ।’
पीडितको छोराछोरी बुझ्ने काम नभएको, भौतिक प्रमाण संकलनमा ध्यान नदिएको, परिक्षण गर्नेतर्फ ध्यान नदिएको, पीडितको स्वास्थ्य जाँच नगरिएको, पूरा अभियुक्त पक्राउ गर्न नसकिएको, पीडितको गोपनियता कायम
नगरिएको पनि अनुसन्धानले देखाएको घिमिरेले जानकारी दिए ।
पीडितलाई कहाँ विक्रि गर्न लगेको एकीन नभएको, अभियुक्तको नाम, वतन, प्रष्ट खुलाउनेतर्फ प्रयास नभएको, अभियुक्तको कसुर स्थापित गर्ने भौतिक सवुत बरामद गर्न नसक्दा अभियोग प्रमाणित गर्न न्यायाधीशलाई समस्या हुने गरेको पनि घिमिरेले बताए ।
उनले भने, ‘प्रमाणको
आधारमा न्यायाधीशले न्याय सम्पादन गर्ने भएकोले आशंकाको आधारमा मुद्दा दायर गर्दा प्रमाण पु¥याउन नसकिएको देखियो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१