अस्ट्रेलियामा ७४३ किलोको फर्सी फलेपछि….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार १०:५९

एजेन्सी,२० माघ । एक अस्ट्रेलियाली किसानले ७४३ किलोको फर्सी उत्पादन गरी नयाँ रेकर्ड कायम गरेका छन् । संसारको सबैभन्दा ठूलो सो फर्सी स्वीजरल्याण्डका pumpkinबेनी मैएरले उत्पादन गरेका हुन् । यो फर्सी अस्ट्रेलिया र न्युजिल्याण्डको अहिलेसम्मको सबैभन्दा ठूलो तौलको रहेको बताइएको छ । सो फर्सीको तौल ७४३ किलोग्रामको भएको कृषि सम्बन्धी कार्यालयले पुष्टि गरेको छ ।

उत्तरी न्यु साउथ वल्स भएको फर्सी प्रतियोगितामा ७४३ किलोग्रामको फर्सी उत्पादन गरी डाले ओलिभेरले सो प्रतियोगितामा विजय हासिल गरेको छ ।अस्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटमा आयोजित कृषि मेलामा ल्याइएका फर्सीमध्ये सो फर्सी सबैभन्दा ठूलो भई पुरस्कृत भएको हो ।
सो क्षेत्रका एकजना किसान ओलिभेरले बढी किलोग्रामको फर्सी उत्पादन गरी राष्ट्रकै एक प्रमुख उत्पादनकर्ताको पुरस्कार प्राप्त गरेका छन् । उनले यसअघि सन् २०१३ का ५४७ किलोग्रामको फर्सीको रेकर्डलाई तोडेर ६१९ किलोको फर्सी उत्पादन गरी रेकर्ड कायम गर्न सफल भएका थिए ।
ओलिभरका अनुसार उनले यो फर्सी करिब ८० दिनमा उत्पादन गरेका थिए । गिनीज बुक अफ बल्र्ड रेकर्डमा भने एक हजार ५४ किलोग्रामको फर्सीको संसारको सबैभन्दा ठूलो फर्सीका रुपमा दर्ता भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१