किसानहरु सस्तोमा उखु बेच्न बाध्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार १०:४७

sugarcanefarmकाठमाडौं, २० माघ । गत बर्ष भन्दा यस बर्ष उखुको उत्पादनमा बृद्धि भएपछि खुसी भएका बाराका किसानहरु उखुको उचित मुल्य निर्धारण नहुँदा निराश भएका छन् । मुल्य निर्धारण नहुँदा किसानहरु चिनी मिललाई उधारोमा बिक्री गर्न समेत बाध्य भएका हुन् । प्रमुख नगदे बालीको रुपमा खेती गरेका किसानले मूल्य निर्धारण नहुदै मिलमा सस्तो र उधारोमा बेच्नु पर्दा निकै समस्या झेल्नु परेको किसानहरु बताउँछन् । उखु बिक्री गर्ने समय बित्दै गएको हुनाले तथा उखु खेतीमा सुक्ने अबस्था आएका कारण किसानले ऋण काढेर भएपनि ज्यालादारीमा मजदुर खटाई उखु काटिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१