वुद्धिजिवीहरु सामूहिक खेतीतर्फ आकर्षित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ माघ २०७१, सोमबार ११:०३

जलेश्वर, १९ माघ । वैदेशिक रोजगारका कारण कृषि संकट निम्त्याइरहेको समयमा महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबास नगरपालिकाका वुद्धिजिवीहरु भने सामूहिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । कृषि प्रधान यो देशका युवाहरु कृषि पेशा छोडेर वैदेशिक रोजगारमा गइरहेकोले खेतहरु बाझै हुन थालेको तथा खाद्य संकट समेत थपिएको महसुस गर्दै बर्दिबासका बुद्धिजिवीहरु यसतर्फ आकर्षित हुन थालेका हुन् । ति संकटबाट केही हदसम्म भएपनि कमी ल्याउन तथा कृषकहरुलाई यसक्षेत्रतर्फ आकर्षित तुल्याउन नवघोषित बर्दिबास नगरपालिकाका वुद्धिजिवीहरु तलेजु एग्रिकल्चर प्राइभेट लिमिटेडको माध्यमबाट Toribarinewsagrocom-315x157सामुहिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् । तलेजु एग्रिकल्चर प्रालिका अध्यक्ष दिपेन्द्र पराजुलीले यस प्रालिमा हरेक क्षेत्रका विज्ञहरुको सहभागिता रहेको जानकारी दिनुहुदै नेपाल कृषि प्रधान देश हो भन्ने भनाईलाई सार्थक तुल्याउन तथा युवाहरुलाई कृषि पेशातर्फ आकर्षित गर्नु नै हामीहरुको मुख्य लक्ष्य भएकोे जानकारी दिनुभयो ।

यही लक्ष्य पुर्तिको लागि पहिलो चरणमा सर्लाही स्थित सागरनाथ वन विकास परियोजनाको ४० विघा जग्गा तिनवर्षको लागि करारमा लिएर तोरी खेती थालिएको जानकारी दिनुहुदै अध्यक्ष पराजुलीले तोरीको पूmलि सकेको र दाना पनि लाग्न थालेको जानकारी दिनुभयो । युवाहरुलाई यस कृषि पेशामा आकर्षित गर्नको लागि यस्तो सोच ल्याएको बताउनुहुदै अध्यक्ष पराजुलीले भन्नुभयो, ‘युवाहरु कृषि पेशा त्याग्दै विदेश गएको र त्यहाँ पनि यही पेशा गरिरहेकोले यस पेशातर्फ युवाहरु आकर्षित छन् र यही निरन्तरता होस भन्ने चाहना वमोजिम आफुहरु लगिपरेका छौ ।’ उहाँले ४० बिग्हा मध्ये ३५ बिग्हामा तोरी खेती तथा अरुमा केराउ खेती गरिएको जानकारी दिनुहुदै हामीले पहिलो चरणमा बढी भन्दा बढी तोरीको बिउ उत्पादन गर्ने र यसलाई नै पछि अन्य ठाउँमा लगाउने योजना रहेकोे सार्वजनिक गर्नुभयो ।
यही प्रालिसंग आवद्ध तथा नेपाली काँग्रेस महोत्तरीका महासमिति प्रतिनिधि चिरञ्जीवी हमालले यो सामूहिक खेतीमा सर्लाही भक्तिपुरका ५ जनालाई प्रत्यक्ष रोजगारी तथा २५ जनालाई अप्रत्यक्ष रोजगारी प्रदान गरिएको बताउनुभयो । उहाँले हामीहरुले रासायनिक मलकै प्रयोग विनानै खेती गरिरहेको र यो अन्य कृषकहरुको लागि आकर्षणको केन्द्र बन्ने बताउनुहुँदै भन्नुभयो, ‘गर्ने चाहना राख्ने हो भने असम्भव भने केही छैन, हाम्रो प्रयास यहि क्षेत्रको लागि हो ।’
करारमा लिएको वनको जग्गामा खाल्डाखाल्डै रहेको बेला एक महिनासम्म जेसिभी, टयाक्टरहरु लगाएर समथर बनाइएको तथा ३ क्विन्टल स्थानीय तोरीको दाना छरिएको स्मरण गर्नुहुदै प्रालिका अध्यक्ष पराजुलीले अहिले चार फिट भन्दा माथिको बोट हेर्दा र दाना लागिरहेको देख्दा मेहनत लक्ष्यतर्फ उन्मुख हुँदै गएको बताउनुभयो । जल, जमिन र जाँगर छ भने किन नसक्ने प्रतिप्रश्न गर्नुहुदै हामीले यसक्षेत्रमा अहिले सम्म १० लाख भन्दा बढी खर्च गरिसकेको भनाई पराजुलीको थियो ।
राम्रोसंग उब्जनी हुने हो भने एक कठ्ठा जग्गामा एक क्विन्टलसम्म तोरी फल्न सक्ने जानकारी दिनुहुदै होटल व्यवसायी संघ महोत्तरीका अध्यक्ष समेत रहनुभएका प्रालि अध्यक्ष पराजुलीले मंसिरमा लगाएको तोरीमा चिसोको कारणले लाही भन्ने रोग लागेकोले समस्या भएको बताउनुभयो । उहाँले अटोमेटिक मेशिनबाट लाही रोगको औषधी छर्किएको जानकारी समेत दिनुभयो । यसपालि कम्तीमा पनि दुईसय क्विन्टल तोरी हुने उहाँको विश्वास छ ।
उहाँले यसक्षेत्रमा आफुहरुले लागेपनि कृषि कार्यालय लगायत अन्य सरोकारबालाहरुबाट कुनै पनि सहयोग नपाएको बताउनुहुदै सरकारले काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ त काम नगर्नेले पाउने परिपाटी देखिएको छ ।’ यसलाई निरुत्साहित गरी काम गर्नेलाई अनुदान वा सहयोग दिनुपर्ने उहाँको सुझाव थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१