एसएमएस गर्नुस् राहदानीबारे जानकारी लिनुस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ माघ २०७१, बिहीबार १५:०१

चितवन,१५ माघ । जिल्ला प्रशासन कार्यालय चितवनले अब सेवाग्राहीलाई एसएमएसबाटै राहदानी आए नआएको बारेमा जानकारी दिने भएको छ ।

सेवाग्राहीको सहजताका लागि उक्त प्रविधिको प्रयोग गर्न लागिएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकले जानकारी दिए । अब आउने लटको राहदानी एसएमएसबाटै जानकारी दिने तयारी गरेको उनले बताए ।smsbatrahadani

तपाईंको राहदानी आयो अथवा तपाईंको राहदानी बन्न सकेन, कार्यालयमा सम्पर्क गर्नुहोलालगायत सन्देश एसएमएसबाटै सेवाग्राहीको मोबाइलमा जाने गर्दछ । उक्त सेवाका लागि आवश्यक उपकरण आइसकेको र प्रविधि जोड्ने कामसमेत अन्तिममा पुगेको प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा हरेक १५ दिनेको अन्तरालमा राहदानी आउने गरेको छ । मासिक करिब तीन हजार राहदानी यहाँबाट बन्दै आएको प्रजिअ डा विकेले बताए । सेवाग्राहीलाई न्युनतम ४५ दिनको म्याद दिएर राहदानी लिन आउन भनिएको हुन्छ । “अब त्यो पनि भन्नुपरेन, उनले भने । मोबाइल सन्देश कुरेर बसे हुन्छ ।”

कार्यालयको सेवा सुविधा प्रभावकारी बनाउँदै पारदर्शिताका लागि यस्तो कार्यक्रम यहाँ ल्याउन लागिएको हो । फागुन पहिलो हप्ताबाट लागू गरिने तयारी छ ।रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१