३१ लाख बराबरको सामान चोरी गर्ने गिरोह पक्राउ (तस्विर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ माघ २०७१, बिहीबार १४:४९

 काठमाडौँ ,१५ माघ ।  प्रहरीले काठमाडौमा दिउँसोको समयमा घरघरमा पसेर चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौको सामाखुशी, म्हैपी, गोंगबु, टोखा लगायतका विभिन्न १८ स्थानमा घरको ताला फोडेर सुन तथा चाँदीका गरगहना, ल्यापटप, मोबाइल, क्यामेरा लगायतका करिब ३१ लाख रुपैयाँ बराबरका सामान चोरी गर्ने तथा किनबेच गर्ने ६ जनालाई बुधबार सार्वजनिक गरेको हो ।

प्रहरीले चोरीका टिभी, क्यामेरा, ल्यापटप तथा औंठी, सिक्री, मंगलसुत्र, टप, तिलहरी, पाउजु लगायतका गरगहना पनि सार्वजनिक गरेको छ । प्रहरीले चोरीको अभियोग लगाएर सार्वजनिक गरेकाहरुमा नुवाकोटको थानापति गाविसका जीवन परियार र उनका भाइ भुवन परियार, नुवाकोटकै नवराज सुनार, सिन्धुपाल्चोकका सुभाष खड्का तथा भारतको वेतिया मझैलिया थानाका मोहमद असलम मिया र सरजद आलम हुन् ।

प्रहरीले सार्वजनिक गरेका २० वर्षिय भुवन परियार यसअघि २४ स्थानमा चोरीको अभियोगमा ६ महिना जेल परेर ६ महिनाअघि धरौटीमा छुटेका व्यक्ति हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१