कपिल र प्रियंकाबीच सम्बन्ध चिसियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ माघ २०७१, बिहीबार ०६:२२

काठमाडौं । कमेडी नाइटस् विथ कपिलका प्रस्तोता तथा चर्चित कमेडियन कपिल शर्मा र नायिका प्रियंका चोपडाबीच सम्बन्ध बिग्रिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । कपिलको कार्यक्रममा कयौं पटक आइसकेकी प्रियंका र कपिलबीच राम्रो सम्बन्ध रहेकोमा पछिल्लो समय एक कार्यक्रमा भएको घटनाले दुईबीच सम्बन्ध चिसिएको बताइएको छ ।

केही समयअघि भएको एक अवार्ड कार्यक्रममा कपिल शर्मा प्रियंकासँग यति रिसाए कि उनले आफ्नो माइक र इयरफोनसमेत फालेका थिए ।
उक्त कार्यक्रममा होस्ट कपिल र प्रियंका गरिरहका थिए । तर, तयार हुन भनेर गएकी प्रियंकाले निकै समय लगाएकी थिइन् ।

लामो समय हराएर आएकी प्रियंकाले पुनः ‘म अझै तयार भएकी छैन’ भनेपछि उनलाई पर्खिरहेका कपिल रिसाएका थिए ।
कपिलले ‘महिलाहरुको यही समस्या छ, म्याडम अझै पनि तयार हुनुभएको छैन’ सम्म भनेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१