ज्याक्सनको डान्स र शाइकेडेलिक शैली नेपाली बजारमा ( भिडियो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ पुष २०७१, सोमबार १५:३४

काठमाडौं । नवगायक प्रशान्त पौडेलले  ज्याक्सनको डान्स र शाइकेडेलिक शैलीवाट प्रभावित निर्माण गरेको  नयाँ भिडियो बजारमा आएको छ । तरस तरस बोलको गीत गाएका प्रशान्त सोगीत शाइकेडेलिक थ्रीलर प्याटर्नको भएको बताउँछन् ।

उनको भनाइ अनुसार यो शैलीको गीत नेपालमा पहिलो हो । उनले भिडियोमा ज्याक्सनको शैलीलाई फलो गर्ने प्रयासका साथसाथै आफ्नो डान्सलाई पनि नाम दिएका छन् । ज्याक्सनको मुन वाक भएझैं प्रशान्त आफ्नो एउटा डान्सलाई रबर डान्स नाम दिएका छन् र सोडान्स उनले म्यूजिक भिडियोमा सार्वजनिम गरेका छन् । सार्वजनिक भएको गीत एल्बम त्रास मा समावेश रहेको छ । गीतमा रोबिन गौतम र प्रशान्तको संगीत रहेको छ भने स्वर प्रशान्तले दिएका छन् ।

केशब खड्काको निर्देशन रहेको भिडियोमा प्रशान्त र दीपा रानाले मोडलिङ गरेका छन् । यस गितको रचनाका साथसाथै भिडीयोको कोरियोग्राफी प्रशान्तले नौलो किसीमले पेस गरेका छन् । यस गितको एरेन्जमेन्ट सन्जे ल्यागुनद्वारा गरिएको छ । ग्यानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियोलाई हरिस शिन्हाले सम्पादन गरेका हुन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१