गोरखामा खुर्पाले घांटी रेटेर श्रीमतीको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ पुष २०७१, आईतवार १५:४०
गोरखाको छोप्राक गाविस वडा नम्वर–७ बगली गाँउ बस्ने एक व्यक्तिले आफ्नै श्रीमतीको घाटी रेटेर हत्या गरेका छन् ।
आज बिहान करिब साढे पाँच बजे ३५ बर्षिय चेत बहादुर भुजेलले आफ्नै श्रीमती २२ बर्षीय सुनिता भुजेलको घांटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
श्रीमान–श्रीमतीको झगडा भएपछि आवेशमा आएर चेत बहादुर भुजेलले आफ्नै श्रीमतीलाई बन्चरोको पासोले टाउकोमा हानी खुर्पाले घाटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
श्रीमतीको हत्या गर्ने भूजेललाइ आजै प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान अन्तर्गतको मुद्धा दर्ता गराइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक रमेश थापाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१