घरमै बोलाएर बालिका बलात्कार गर्ने पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ पुष २०७१, आईतवार ११:१६

६ पौष । सर्लाहीको हरिपुर्वामा आफ्नै घरमा बालिका बोलाएर बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय ६ वर्षीया बालिकालाई घरमा लगेर बलात्कार गरेको आरोपमा हरिपुर्वा–५ का १६ वर्षीय मुकेश ठाकुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक विरेन्द्र ठाकुरले बताए।

शनिबार राती साढे ८ बजे मिठाई खान दिने प्रलोभन देखाएर १६ वर्षे ठाकुरले बालिकालाई घरमा लगेर बलात्का गरेको प्रहरी निरीक्षक ठाकुरले बताए। घरमा जर्बजस्ती गरेपछि बालिका जोडले कराउँदा स्थानीयलेथाहा पाएर प्रहरीलाई खबर गरेका थिए।

पीडित बालिकालाई जिल्ला अस्पताल मलंगवामा स्वास्थ्य परीक्षण गरीएको प्रहरीले जनाएको छ। बलात्कार आरोपमा पक्राउ परेका ठाकुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१