परिवार नै चोरीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ पुष २०७१, आईतवार ०८:०६

काठमाडौं,६ पुस – नयाँ बानेश्वरको मिलनचोकनजिकै भद्रमार्गमा एउटा पुरानो दुई तले घर छ । तारा खड्काको यो घर तीन वर्षदेखि रौतहटका सुरेन्द्र ठाकुरले भाडामा लिएका छन् । उनको परिवार नै चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।02_03_2013-theef

‘परिवारका सबै सदस्यले नै करिब तीन वर्षदेखि चोरी पेसा अपनाउँदै आएका रहेछन्,’ महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी रमेश तामाङ भन्छन्,’नुनदेखि सुनसम्म जे पनि जोरी गर्दा रहेछन् ।’ डीएसपी तामाङका अनुसार उनीहरुको घरबाट चोरीका दुई गाडी सामान बरामद भएको  छ ।

प्रहरीका अनुसार ठाकुर परिवारको वरपर कसैसँग पनि चिनजान छैन् । उनीहरुको गतिविधि शंकास्पद देखिएपछि अनुसन्धान गर्दा परिवार नै चोरीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न उनीहरुमध्ये बाबु र जेठा छोरालाई मुद्दा चलाएको, सानोलाई कम उमेरको भएकाले छाडिएको र श्रीमतीलाई तारेखमा राखिएको आजको नयाँ पत्रिकामा खबर  छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१