कोहलपुरमा माघी महोत्सव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७१, शनिबार ११:३०

काशी पोख्रेल÷बाँके । थारु समुदायको संस्कृति संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले बाँके माघी महोत्वस सञ्चालन हुने भएको छ । जिल्लाको कोहलपुुर नगरपालिका मैटहवा गाउँमा माघ ३ र ४ गते महोत्सव हुने आयोजकले बताएको छ ।

बाँके माघी महोत्वस मुल समितिका संयोजक राधेश्याम थारुले थारु समुदायले परम्परागतरुपमा मनाउँदै आएको माघी पर्व तथा थारु समुदायको नयाँ वर्षको अवसरमा संस्कृति संरक्षण एवं प्रवद्र्धन गर्दै थारु परम्परागत कला, शिपको ब्यावसायीकरणमा सहयोग पु¥याउन महोत्वसले सहयोग गर्ने बताए ।
महोत्सवको मुख्य आकर्षण थारु संग्राहालय रहने मुल समितिका संयोजक थारुले बताए । थारु समुदायको संस्कार संस्कृतिमा आधारित रही महोत्वसलाई थारु गाउँको अनुभूति दिलाउने प्रयास भइरहेको प्रकार प्रसार संयोजक कृष्ण चौधरीले बताए ।
महोत्वसमा प्रवेशका लागि कुनै शुल्क नलाग्ने र थारु समुदायमा हुने खानपानका बिभिन्न परिकारको स्वाद लिन सकिने संयोजक चौधरीले बताए । महोत्वसको पहिलो दिन कोहलपुरबाट थारु परम्परागत संस्कृति सहित झाँकी प्रस्तुत गर्दै महोत्सव सम्मको पहिलो मुख्य आकर्षण रहने
चौधरीले बताए । महोत्सवले पर्यापर्यटन विकासमा टेवा पुर्याउने आयोजकका धारणा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१